
पोखरा स्पोर्टस । प्रथम मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्ने तय भएको छ ।
यहि फागुन १५ गतेबाट धनुषाको जनकपुरस्थित क्षिरेस्वर जनता माविको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भए संगै पूर्व राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जनाएको छ ।
प्रतियोगितामा एक विभागिय नेपाल आर्मी क्लब, ६ प्रदेश र एक आयोजक सहित कुल ८ टिमले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा समुहम बि मा गण्डकीसहित बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेश रहेका छन् । त्यस्तै समुह ए मा कोशी र मधेश प्रदेश, नेपाल आर्मी क्लब र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक टोली रहेको छ ।
प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १ लाख ५० हजार, उपविजेताले नगद रु १ लाख र तेश्रो हुने टिमले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विद्यागत रुपमा उत्कृष्ट खेलाडीले जनही नगद रु १० हजार र हरेक खेलमा उमेन्स अफ दि म्याच हुनेलाई नगद रु ५ हजार प्रदान गरिने छ ।
