गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : कबड्डीतर्फ शनिबार फाइनल हुने

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा छात्र/छात्रा कबड्डी तर्फ शनिबार फाइनल खेल सञ्चालन हुने भएको छ ।

देवचुली नगरपालिकामा शुक्रबार सुरु भएको कबड्डीतर्फ पहिलो दिन क्वार्टरफाइनलका समिकरण पुरा भए संगै शनिबार सेमीफाइनल र फाइनल खेल सञ्चालन हुने भएको हो ।

पहिलो दिन क्वार्टरतर्फका खेलहरु सम्पन्न भएका छन् । छात्रतर्फ नवलपुर र कास्की सेमीफाइनलमा प्रवेश गरेका छन् भने छात्रातर्फ म्याग्दी र पर्वत, बाग्लुङ र तनहुँ सेमीफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार छात्रतर्फको दोश्रो क्वार्टरफाइनल खेल सञ्चालन हुनेछ भने छात्रातर्फ सेमीफाइनल र फाइनलका खेलहरु सञ्चालन हुने कबड्डीका प्रशिक्षक हरि जिशीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close