यु–१८ राष्ट्रव्यापी बास्केटबल : कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिका फाइनलमा

पोखरा स्पोर्टस । कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिका दोश्रो कीर्तिपुर नगरपालिका यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उपाधि भिडन्त पक्का गरेका हुन् ।

कीर्तिपुर कभर्डहलमा कास्कीको अन्नपूर्णले नागार्जुन नगरपालिकालाई ७६–४६ ले पराजित गरे । अन्नपूर्णका ओमकार रखालले २४ अंक जोडे । डिफेन्डिङ च्याम्पियन म्याग्दीको अन्नपूर्णले आयोजक कीर्तिपुर नगरपालिकालाई ७६–६६ ले हरायो । विजयी टिमका लागि पनिक गर्बुजाले १७ स्कोर स्कोर गरे ।

फाइनल शनिबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close