१४औं राष्ट्रपति रनिङ शिल्डमा सहभागि हुन कास्कीको टोली प्रस्थान

पोखरा स्पोर्टस । १४औं राष्ट्रपति रनिङ शिल्डमा सहभागि हुन कास्कीको टोली नवलपुर प्रस्थान गरेको छ ।

नवलपुर प्रस्थान गरेको टोलीलाई एक कार्यक्रमका बीच बिदाई गरिएको छ । प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बाँनियालगायतले खेलाडीहरुलाई बिदाई गरेका थिए ।

कास्कीले राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत सबै ६ वटा खेलमा सहभागि जनाउँदै छ । सबै खेलमा खेलाडी, टिम प्रशिक्षक र टिम म्यानेजर गरी १०८ जना सहभागि हुने अध्यक्ष बाँनियाले जानकारी दिए ।

१३ औं संस्करणको उपाधि बिजेता समेत रहेको कास्कीले फागुन ११ गतेबाट सञ्चालन हुने छ । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्र/छात्रा भलिबल र कबड्डी देवचुली नगर पालिकामा हुने तय गरिएको छ भने कराते मध्यबिन्दु नगर पालिका, तेक्वान्दो गैडाकोट नगरपालिका, उशु र एथलेटिक्स कावासोतीमा हुनेछ ।

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा ६ खेलका १ हजार २ सय खेलाडी, प्रशिक्षक, टिम ब्यवस्थापक गरी १ हजार ४ सय जना नवलपुर पुग्नेछन् । सोही प्रतियोगिताबाट केन्द्रिय राष्ट्रपति रनिङ शिल्डका लागि सबै खेलका १ सय १२ जना खेलाडी छनौट हुनेछन् । केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड यहि फागुन २८ देखि ३० गते सम्म आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close