इराकको बगदाद जाने आर्चरी टोलीको बिदाइ

पोखरा स्पोर्टस । नेपालका तीन महिला खेलाडीले इराकको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा भाग लिने भएका छन् । प्रतियोगिता मंगलबारदेखि सञ्चालन हुने छ ।

६ दिनसम्म हुने उक्त प्रतियोगिता विश्व वरीयताको प्रतियोगिता समेत रहेको नेपाल आर्चरी संघले जनाएको छ । पेरिस ओलम्पिक्सका लागि जुलाईमा आर्चरीको छनोट हुनेछ र त्यस अगाडि यो प्रतियोगिता त्यसको तयारीमा रूपमा रहको संघले जनाएको छ ।

सहभागी हुने खेलाडीमा अनुस्का शेरचन, गंगा तुम्बापो र तुल्सी थापा रहेका छन् । टिमको प्रशिक्षकको भूमिकामा संघका अध्यक्ष समेत रहेका दीपकराज गुरुङ रहेका छन् ।

नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमका बीच आइतबार बिदाइ गरे । 

सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे ।

बिदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी र संघका सचिव योगेन्द्र शेरचनको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close