
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका क्रिकेट प्रशिक्षकहरुलाई एकदिने रिफ्रेशर प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ ।
गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा क्यान प्रशिक्षक कोच एसोसियसनको सहकार्यमा उक्त तालिम प्रदान गरिएको हो । उक्त एक दिने तालिमको सहजिकरण नेपाली राष्ट्रिय क्रिकेटका पूर्व मुख्य प्रशिक्षक तथा एसोसियनसका अध्यक्ष समेत रहेका जगत टमटाले गरेका थिए ।

यू–१९ महिला राष्ट्रिय टोलीको समेत प्रशिक्षक रहेका उनले विभिन्न जिल्लाबाट सहभागि १५ जना प्रशिक्षण प्रदान गरेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । उनले भने–“यो एक उत्कृष्ट अवसर थियो । पूर्व मुख्य प्रशिक्षक ज्यू पोखरा आएको समयले हामीलाई साथ दियो । हामीले विभिन्न ६ जिल्लाका प्रशिक्षकहरुलाई रिफ्रेशर प्रशिक्षण दिएका छौं । यसले जिल्लामा खेलाडी उत्पादनका लागि प्रशिक्षकहरुको सिकाइमा प्रभावकारिता आउनेछ ।”
सिमित श्रोत साधनमा रहेको गण्डकी प्रादेशिक क्रिकेट संघले सबैलाई समान रुपले अवसर दिने गरी अघि बढेको समेत अध्यक्ष सिग्देलले बताए । उनले भने–“हो हामी संग साधन श्रोतमा सिमितता छ तर अबसर पाउँदिन की भनेर कुनै प्रशिक्षक वा खेलाडीले चिन्ता गर्नु पर्दैन हामी यहाँहरुले गरेको योगदानको आधारमा समान रुपमा अवसरहरुलाई वितरण गर्दै जाने छौं ।”
कार्यक्रम समापनमा बोल्दै पूर्व मुख्य प्रशिक्षक टमटाले आफूले सिकेको शिप व्यवहारमा उर्तान आग्रह गर्दै आफूलाई बोलाएको समय कुनै पनि बेला प्रशिक्षणका लागि आउने प्रतिवद्धता जनाए ।
यस अघि उक्त कार्यक्रमको सुभारम्भ प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले गरेका थिए ।
सो अवसरमा गण्ढकी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, क्यानका केन्द्रिय सदस्य सुदिप शर्मा, गण्डकीका उपाध्यक्ष प्रकाश पौडेल, सचिव सुमनराज कार्की, स्याङजा क्रिकेट संघका अध्यक्ष दिवाकर थापा लगायतले आफ्ना भनाई राख्दै यस प्रकारका प्रशिक्षणले गण्डकीको क्रिकेट खेल विकासमा महत्वपूर्ण योगदान दिएको बताए ।
