अन्तरबिद्यालय वडा अध्यक्षकप फुटबलमा शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु हुने

पोखरा स्पोर्टस । पोखरा ड्याम साइड क्लबको आयोजनामा पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० अन्र्तगत भोलि (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरु हुने भएका छन् । विहिबार पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा समुह बीको ४ वटा प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै शुक्रबार देखि क्वाटरफाइनलका खेलहरु हुने भएको क्लवले जनाएको हो ।

विहिबारकोे खेलमा गत बर्षको विजेता छोेरेपाटन मावि, एल.पी.देवकोटा मेमोरियल, पार्दी मावि र बालोदय बोर्डिङ स्कुलले जित हासिल गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको क्लवका अध्यक्ष प्रताप गुरुङले बताउनु भयो । विहिबार भएको पहिलो खेलमा छोरेपाटनले बिद्या निकेतन स्कुललाई ३-० को गोल अन्तरले पराजित गर्यो । छोरेपाटनको जितमा भिम जर्गाले २ र युवराज नेपालीले १ गोलको योगदान दिए । खेलमा छोरेपाटनका जर्गा म्यान अफ दी म्याच घोषित भए ।

दोश्रो खेलमा पार्दी माविले न्यू मिलिनियम स्कुललाई २-० ले पन्छायो । पार्दीको जितमा अमित मगर र संजोग परियारले एक÷एक गोल गरे । खेलमा पार्दीका विरबहादुर गुरुङ म्यान अफ दी म्याच घोषित भए । विहिबारको तेश्रो खेलमा एल.पी. देवकोटाले एक्स आर्मी स्कुललाई ३-० को गोल अन्तरले पराजित गरेको छ । एल.पी.को जितमा म्यान अफ दी म्याच घोषित प्रिन्स गुरुङले २ र समिर थापाले एक गोलको योगदान दिए । विहिबारको अन्तिम खेलमा बालोदय बोर्डिङ स्कुलले शिशु निकेतन स्कुल माथि ३-० को जित दर्ता गर्यो । बालोदयको जितमा अंकित केसी, आविश्कार सुनार र संगम गुरुङले एक/एक गोल गरे । खेलमा बालोदयका सुनार म्यान अफ दी म्याच घोषित भए ।

यसैबिच, यही फागुन ६ गतेसम्म प्रतियोगिता संचालन हुने भएको क्लवका पूर्वअध्यक्ष पदम ढकालले जनाए । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा भएको प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी गरी १९ वटा बिद्यालयहरुको सहभागिता रहेकोे छ । प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने भएको महासचिव राकेश श्रेष्ठले बताए । फुटवल खेलको तल्लो स्तरबाटै विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको क्लवका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद बरालले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close