प्रदेश स्थापना दिवसमा कर्मचारीहरु ब्याडमिन्टनमा भिड्दै

पोखरा स्पोर्टस । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा कर्मचारीहरु ब्याडमिन्टन प्रतियोगितामा भिड्ने भएका छन् ।

स्थापना दिवस मनाउने सन्दर्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको मुल समारोह समितिको बैठकले ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । प्रदेश खेलकुद परिषद गण्डकीको संयोजन र जिल्ला ब्याडमिन्टन संघ कास्कीको समन्वयमा हुने उक्त प्रतियोगिता पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा फागुन ४ गते सुरु हुनेछ ।

४० वर्ष माथीको उक्त ब्याडमिन्टन प्रतियोगितामा सिंगल्स र डबल्सतर्फका खेलहरु सञ्चालन हुने प्रदेश खेलकुद परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

“प्रतियोगिता प्रदेश अन्तर्गत रहेका मन्त्रालय, कार्यालय र निर्देशनालयहरुमा कार्यरत कर्मचारीहरुका बिच हुनेछ” कार्यालय प्रमुख भुसालले भने–“हामीले टिम दर्ता गर्न सबै कार्यालयहरुलाई पत्रचार गरेका छौं ।”

प्रदेश स्थापनाको अबसरमा पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गरिएको हो । बिजेता खेलाडी तथा टिमहरुलाई नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्रको ब्यबस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close