पोखरामा फागुन १ देखि छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता

पोखरा स्पोर्टस । ह्याण्डबलको राजधानी पोखरामा फागुन १ देखि ३ गते सम्म विद्यालयस्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।

नेपाली राष्ट्रिय ह्याण्डबल टिमका कप्तान विशाल बस्नेतले आफ्नो बुवा मञ्जु बहादुर बस्नेतको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

प्रतियोगिताको दोश्रो संस्करणको तयारी बारे जानकारी दिंदै बस्नतेले प्रतियोगितामा छात्र/छात्रा गरी कुल १६ टिमको सहभागिता हुने पोखरा स्पोर्टसलाई जानकारी दिए ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा छात्रतर्फको बिजेताले १२ हजार उपविजेता हुने टिमले ८ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसै गरी छात्रातर्फको विजेता टिमलाई ८ हजार र उपविजेता टिमलाई नगद ५ हजारका साथमा ट्रफी, मेडल र प्रदान गरिने बस्नेतले जानकारी दिए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुने छात्र/छात्रा खेलाडी, किपर र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close