विश्वविद्यालय खेलकुदमा गण्डकी विश्वविद्यालयलाई २ रजत र ५ काश्य

केशव पाठक/ पोखरा स्पोर्टस । देशकै कान्छो विश्वविद्यालयको रुपमा स्थापित गण्डकी विश्वविद्यालयले हालै काठमाण्डौमा सम्पन्न विश्वविद्यालयस्तरीय खेलकुद प्रतियोगितामा २ रजत सहित ५ काश्य पदक जित्न सफल भएको छ ।

गण्डकी प्रदेश सरकारले ४ वर्ष अघि स्थापना गरेको गण्डकी विश्वविद्यालयले पहिलो पटक आयोजना भएको उक्त प्रतियोगितामा कुल ७ पदक हात पार्न सफल भएको विश्वविद्यालयका प्राध्यापक डा. मधुसुधन सुवेदीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रथम विश्वविद्यालय प्रतियोगितामा समावेश ४ खेल मध्ये गण्डकी विश्वविद्यालयले ४०० मिटर दौडमा सुजल केसी र कृती गिरीले काश्य पदक हात पारे भने ८०० मिटर दौडमा सुस्मिता थापाले रजत पदक हात पारेकी थिइन् ।

त्यस्तै शटपुटतर्फ जिवन छन्त्यालले रजत पदक र सोही इभेन्टमा सुमिना गुरुङले काश्य पदक हात पार्न सफल भएकी थिइन् ।

टेबल टेनिस डबल्सतर्फ अनुज कुंवर दिपेश रानाभाटले काश्य पदक हात पार्दा ब्याडमिन्टन मिक्स डबल्समा लक्ष्मण भुजेल र श्वेच्छा हमालको जोडीले काश्य पदक प्राप्त गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको उक्त प्रतियोगिता यहि माघ २२ र २३ गते काठमाण्डौमा सम्पन्न भएको थियो ।

गण्डकी विश्वविद्यालय नेपालमा नै पहिलो खेलकुद विषयमा स्नातक तह चार वर्षे कोर्ष सञ्चालन गर्ने विश्वविद्यालय समेत हो । विश्वविद्यालयले अन्य विषयमा समेत दक्ष जनशक्ती उत्पादन गर्न अध्ययन र अनुशन्धानका विषयहरुमा विशेष जोड दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close