नेपाली टेनिस टोली श्रीलंका जाँदै

पोखरा स्पोर्टस । वर्ल्ड जुनियर टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएको छ ।

फेब्रुअरी १२ देखि १७ तारिखसम्म हुने प्रतियोगिताको ब्वाइजमा वृजेश अर्याल, अद्रिन थापा र युभेनमान श्रेष्ठ रहेका छन् । गर्ल्समा शिभाली गुरुङ, स्वस्तिका विष्ट र प्राज्ना मानन्धर छन् । कान्छा खड्गे टिम प्रशिक्षकमा भूमिकामा छन् ।

टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य अजय विष्टले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close