माघ २७ गते पोखरामा हुने अपाङ्गतर्फको दौडको तयारी तिव्र

पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत हुने अपाङ्गतर्फ दृष्छिविहिन दौड र ह्विलचियर दौडको तयारी तिव्र पारीएको छ ।

पोखरा रंगशालामा माघ २७ गते शनिबार हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको पोखरा म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको हो ।

अपाङ्गतर्फको महिला तथा पुरुष दृष्टिबिहिन दौड र ह्विल चियर दौडको अन्तिम तयारी भइरहेको प्रतियोगिता उपसमितिका संयोजक अमृत बरालले जानकारी दिए । उनले भने–“हामी अब अन्तिम तयारीमा जुटेका छौं माघ २७ गते शनिबार ११ बजे पोखरा रंगशालामा ति दौडहरु सुरु हुनेछन् ।”

दृष्टिबिहिनतर्फको महिला पुरुष दौड पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा हुनेछ भने ह्विलचियर दौड रंगशाला परिशरको सडकमा सम्पन्न हुनेछ । दौडमा सहभागि हुने खेलाडीहरुले अनिवार्य रुपमा दर्ता गर्नुपर्ने प्रावधान रहेको संयोजक बरालले बताए । “हामी कुनै खेलाडीलाई सोझै रंगशालामा आएर सहभागि हुने प्रावधानलाई भने हटाएका छौं”–उनले भने ।

अपाङ्गतर्फका दुबै दौडहरुमा आज सम्म १ सय भन्दा बढिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ । दौड अन्तर्गत पुरुष दृष्टिविहिन दौड १०० मिटर, महिलातर्फ ८० मिटर, ह्विलचियर पुरुषतर्फ १४०० मिटर र महिलातर्फ ८०० मिटर हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close