
पोखरा स्पोर्टस । पोखरामा खोखो खेलको विकास एवं प्रवर्द्धन गर्न ‘पोखरा महानगर खोखो संघ’ गठन भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको पहलमा सम्पन्न भेलामा पोखरा महानगर खोखो संघको अध्यक्षमा मित्र बन्धु सुवेदीलाई चयन गरिएको हो ।
त्यसै गरी संघको उपाध्यक्षमा सुजना कुवर, सचिवमा रेवन अधिकारी, कोषाध्यक्षमा विवस परियार तथा सदस्यहरुमा विपासा सुनार, अर्जुन विक, दियोग पाण्डे चयन भएको महानगर खेलकुद विकास समितिले जनाएको छ ।
कास्की खोखो संघका अध्यक्ष विशाल जंग कुवरको अध्यक्षतामा सम्पन्न भेलामा पोखरा महानगर पालिका खेलकुद विकास समिती अध्यक्ष दिपक बहादुर गोदार, खोखो संघ गण्डकीका अध्यक्ष चित्र बहादुर थापा र खोखो संघ कास्कीका सचिव सुरज पोखरेलको सहभागिता रहेको थियो ।
