पुन हिलकप भलिबल : महिलातर्फ कावासोती र माछापुच्छ्रे फाइनलमा

पोखरा स्पोर्टस । पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिलकप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको चौथो दिन आठ खेल सम्पन्न भएका छन् ।

प्रतियोगिता अन्तर्गत महिलातर्फ सेमीफाइनल खेल सम्पन्न भएका छन् । बिहिबार महिलातर्फ क्वाटरफाइनल र सेमीफाइनल गरी कुल चार तथा पुरुषतर्फ प्रिक्वाटरका चार खेल सम्पन्न भएका हुन् ।

महिलातर्फ भएको पहिलो सेमीफाइनल खेलमा कावासोतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२७ ले गुमाएको कावासेतीले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्‍यो । कावासेतीले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–११ र चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो सेमीफाइनल खेलमा माछापुच्छ्रेले बागलुङलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । माछापुच्छ्रेले २५–११, २५–८ र २५–१३ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

पुरुषतर्फको खेलमा माछापुच्छे्रले बागलुङलाई २–० को सोझो सेटमा पाखा लगायो । माछापुच्छे्रले २५–१४ र २५–१९ को सेटमा हरायो । दोस्रो खेलमा राम बजारले लामा अमृत फाउन्डेसनलाई सोझो सेटमा हरायो । राम बजारले २५–१९ र २५–२० को जित निकाल्यो ।

तेस्रो खेलमा समिर सुनचाँदीले सिक्लेसलाई सोझो सेटमै पाखा लगायो । समिर सुचचाँदीले २५–७ र २५–११ को सेटमा हरायो । चौथे खेलमा आयोजक पुन समाजले कालिका पब्लिक क्याम्पसलाई पनि सोझो सेटमै हरायो । आयोजकले २५–२० र २५–२३ को जित निकालेको हो ।

पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा जारी प्रतियोगिताको क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ ।

समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close