साफ यू–१९ महिला फुटबलको राष्ट्रिय टोलीमा गण्डकीका चार खेलाडी

पोखरा स्पोर्टस । बंगलादेशको ढाकामा आयोजना हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ यू–१९) महिला फुटबलको राष्ट्रिय टोलीमा गण्डकी प्रदेशका चार खेलाडीहरु परेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालै घोषणा गरेको नेपाली यू–१९ फुटबल टिममा गण्डकी प्रदेशका चार खेलाडीहरु पर्न सफल भएको गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरुङले जनाएका हुन् ।

यू–१९ राष्ट्रिय टोलीका लागि एन्फाले देशभरबाट खेलाडी छनौट गरेको थियो । नेपाली राष्ट्रिय टोलीमा गण्डकीका चार जना खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय डेब्यू गर्नु महत्वपूर्ण रहेको महासचिब गुरुङले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“यो गण्डकी प्रदेशको फुटबल विकास विशेष गरी महिला फुटबलको विकासमा एक महत्वपूर्ण क्षण हो । म सम्पूर्ण फुटबल प्रेमीहरुको तर्फबाट खेलाडीहरुको जितको शुभकामना सहित यो खुसी सम्पूर्णलाई बाँडन चाहन्छु ।”

२३ सदस्यिय राष्ट्रिय टोलीमा गण्डकी प्रदेशबाट सुक्रिया मियाँ, मायाँ मास्के, सेनु परियार र भावना परियार रहेका छन् । सेनु परियार नवलपुरकी हुन् भने अरु तीनजना स्याङजाका हुन् ।

नेपालले उक्त प्रतियोगिता अन्तर्गत माघ १९ गते आयोजक बंगलादेश संग पहिलो खेल खेल्दैछ । साफ यू–१९ फुटबल माघ १८ गतेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close