आहा ! रारा पोखरा गोल्डकप : सडेन डेथमा मनाङ जावलाखेल संग स्तब्ध

पोखरा स्पोर्टस । पोखरामा जारी २३ औं सस्करणको आहा रारा पोखरा गोल्डमा सोमबार सम्पन्न जावालाखेल यूथ क्लब र मनाङ मर्स्याङदी क्लब बिचको खेल सडन डेथमा टुङ्गिदा मनाङ बाहिरीएको छ ।

हर्ट बिट खेलको निर्धारित समय सम्म १–१ गोलको बराबरीमा टुङ्गिएको खेल १५–१५ मिनेटको समय थपिदै पेनाल्टी र सडन डेथ सम्म पुग्यो । अन्ततः आफ्नो होम ग्राउण्डको उपमा पाएको मनाङ क्वाटरफाइनलमा ७–६ ले जावलाखेल संग स्तव्ध हुँदै २३ औं सस्करणबाट बाहिरिन पुगेको छ ।

जावलाखेल यस अघि १० औं सस्करणमा उपाधि नजिक पुगेको थियो । उपाधि भिडन्तमा जावलाखेल मनाङ संग २–० गोलले पराजयको सामना गरेको थियो । जावलाखेलले २३ औं सस्करणमा मनाङ संग हारको बदला समेत लिएको छ ।

पोखरा आहा रारा गोल्डकपमा आफ्नो निरन्तर शतप्रतिशत सहभागिता रहेको मनाङ जम्मा पाँच पटकको सहभागिता रहेको जावलखेल विचको खेल निकै उत्साहापूर्ण देखिन्थ्यो । मध्यान्तर सम्म गोलको खाता नखोलेका दुबै टिमले ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै अग्रता दिलाए । सुदीप श्रेष्ठको पासलाई पेनाल्टी बक्समा रहेका हिसुबले मनाङका किपर जियारथ शेखलाई विट गर्दै गरेको प्रहार गोलमा परिणत भयो।

मनाङले निर्धारित समय सकिनै लाग्दा ८९ औं मिनेटमा बराबरी गोल फर्कायो । मनाङका राजेश परियारले बराबरी गोल गरे । उनले जावलाखेलको डि बक्समा गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

मंगलबार अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज क्लब र विभागिय नेपाल पुलिस क्लबका बिच हुनेछ ।
तस्बिर : एनपिजे, कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close