१० औं राष्ट्रिय खेलकुद समयमा आयोजना गर्न नेकोसको माग, बुझायो राखेपलाई ज्ञापनपत्र

पोखरा स्पोर्टस । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलाई ज्ञापनपत्र बुझाउँदै १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा गर्न माग गरेको छ ।

महासंघका केन्द्रिय कमिटिका सचिव विष्णु पुनसहितको टोलीले राखेप सदस्य सचिब घिसिङलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा गर्न माग गर्दै दशौं राष्ट्रिय खेलकुद विश्वव्यापी खेलकुदको मान्यता अनुरुप र खेलकर्मी तथा खेलाडीको मर्म अनुरुप गर्न भनेको छ ।

त्यसै गरी २०७९ मा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अनियमितता बारे यथासिघ्र छानबिन गर्न समेत माग गर्दै शक्तिको आडमा खेल संघहरुमा भएको हस्तक्षेपको विरोध समेत गरेको छ ।

महासंघले अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीहरुलाई मासिक प्रोत्सहान भत्ता प्रदान गर्न माग गर्दै उनीहरुको निवृत्तीभरण, स्वास्थ्य विमा, जीवन विमा र दुर्घटना विमा तथा रोजगारीको शुनिस्चितता गर्न माग गरेको छ ।

यस अघि ज्ञापनपत्र बुझाउन गएको टोलीले राखेपका सदस्य तथा कर्मचारीहरु संग समेत छलफल गरेको सचिव पुनले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

महासंघले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियाली खेलकुदमा भएको अनियमितता सम्वन्धमा छानविन गर्न सचिव पुनको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close