
पोखरा स्पोर्टस । विभिन्न सामाजिक तथा खेलकुद क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा स्थानिय तह कर्मचारि संघ नेपालको अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार काठमाण्डौमा सम्पन्न पाँचौ अधिवेशनबाट केन्द्रीय अध्यक्ष पदमा शर्मा निर्विरोध निर्वाचित भएका हुन् । उनी पोखरा महानगर पालिकाका वरिष्ठ कानुन अधिकृत हुन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालले पोखरामा हरेक वर्ष टाइगर कप भलिबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।
शर्मा हालै नेपाल भलिबल संघको केन्द्रिय सल्लाहकारमा समेत मनोनयन भएका थिए ।
