
पोखरा स्पोर्टस । दुई विभागिय टोली भिड्दा नेपाल प्रहरीको पुलिस क्लबले भने जारी २३ औं सस्करणको आहा रारा पोखरा गोल्ड कपमा क्वाटरफाइनलमा स्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब अर्को विभागिय टोली नेपाल पुलिस क्लब संग २–० ले पराजित हुँदै बाहिरिए पछि पुलिसले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
यस्तो थियो नेपाल पुलिस क्लबको यात्रा
क्याराभान कपबाट उपाधि उचल्दै सुरु गरेको नेपाल पुलिसको आहा रारा गोल्डकपमा पहिलो संस्करणमा उपाधिमा आत्मसात गरेको थियो । दोश्रो संस्करणमा समेत उपाधि जित्दा दोश्रो सस्करणमा उपविजेता तेश्रोमा समेत एमएसीसंग ३–२ ले पराजित हुँदै पुनः उपविजेता भएको थियो । चौथोमा समेत नेपाल पुलिसको अवस्था दोश्रो र तेश्रो जस्तै रह्यो । छैटौंमा एपिएफलाई २–० ले पराजित गर्दै उपाधि तेश्रो पटक जित्यो ।सातौंमा चौथो पटक उपाधि उचाल्दा उसको भेट आर्मी क्लव संग रहेको थियो । आठौं सस्करणमा आर्मीलाई पराजित गर्दै पुलिसले पाँचौ पटक उपाधि उचालेको थियो । नवौंमा भने सेमीफाइनलमा पुलिस बाहिरिएको थियो । दशौंमा क्वाटरफाइनल, ११ औंमा क्वार्टरफाइनल, १२ औंमा सेमीफाइनल, १३ औं मा सेमीफाइनल, १४ औं मा क्वार्टरफाइनल, १५ औं प्रिक्वार्टरफाइनल, १६ औंमा क्वार्टरफाइनल, १७ औंमा क्वार्टरफाइनल, १८ औं मा उपविजेता, १९ औं मा सेमीफाइनल, २१ औं मा प्रिक्वार्टरबाट बाहिरिएको थियो । पाँचौ र २० औं सस्करणमा भने नेपाल पुलिसको सहभागिता रहेन ।
सातौंमा चौथो पटक उपाधि उचाल्दा उसको भेट आर्मी क्लव संग रहेको थियो । आठौं सस्करणमा आर्मीलाई पराजित गर्दै पुलिसले पाँचौ पटक उपाधि उचालेको थियो । नवौंमा भने सेमीफाइनलमा पुलिस बाहिरिएको थियो । दशौंमा क्वाटरफाइनल, ११ औं मा क्वार्टरफाइनल, १२ औं मा सेमीफाइनल, १३ औं मा सेमीफाइनल, १४ औं मा क्वार्टरफाइनल, १५ औं प्रिक्वार्टरफाइनल, १६ औंमा क्वार्टरफाइनल, १७ औंमा क्वार्टरफाइनल, १८ औं मा उपविजेता, १९ औं मा सेमीफाइनल, २१ औं मा प्रिक्वार्टरबाट बाहिरिएको थियो । पाँचौ र २० औं सस्करणमा भने नेपाल पुलिसको सहभागिता रहेन ।
पुलिस क्लबका लागि दुबै गोल मान बहादुर परियारले गरेका हुन् । उनले पहिलो गोल १९ औं मिनेटमा गरे । डि बक्स भन्दा केही परबाट प्रताप गुरुङको प्रहारलाई हेडमार्फत गोलको बाटो देखाए ।
त्यस्तै दोश्रो गोल खेलको ७१ औं मिनेट हेडमार्फत नै गरे । गोलपोष्टमा लागेर रिबाउण्ड भएको बललाई उनले गोल गरेका थिए ।
२० औं संस्करणको उपाधि बिजेता समेत रहेको एपिएफले पटक–पटक गरेका गोलका प्रयासहरुलाई पुलिसका किपर शत्रुधन चौधरीले विफल बनाएका थिए । खेलको ३३ औं मिनेटमा प्रदप लामाको प्रहार क्रसबारमा लागेर फर्किदा एपिएफ गोल बराबरी गर्नबाट चुक्यो । कर्नर किकमा पाएको अर्को एक अवसरलाई प्रदिपले हेडमार्फत गोल गर्न प्रयासलाई किपर शत्रुधनले क्लियर गर्दै जोगाए ।
भोला सिलवाल आफ्नो तस्बिर नियाल्दै
फोटो: सुदर्शन रंजित
नेपाल पुलिस क्लबका पूर्व स्टार खेलाडी भोला सिलवाल पोखरा रंगशालामा आफ्नो पुरानो तस्बिर नियाल्दै । नेपाली राष्ट्रिय टोलीका सदस्य समेत रहेका सिलवाल यति बेला नेपाल पुलिस क्लबको सहायक प्रशिक्षकको जिम्मवारीमा छन् । कुनै बेला पोखरा रंगशालामा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकबाट वाह-वाही बटुल्ने सिलवालले पुलिसले पटक–पटक उपाधि उचाल्दा खेलाडीको रुपमा त्यसको साक्षी समेत थिए । उनले आफ्नो टिम मेट्स संग खिचिएको तस्बिरलाई नजिक बाट मात्रै नियालेनन् आफ्नो आहा रारा पोखरा गोल्डकपको यात्राको समेत स्मरण गरे अनि मन्द मुस्कान छरे ।
जित संगै नेपाल पुलिससे माघ १६ गते हुने क्वाटरफाइनलमा चर्च ब्वाइजको सामना गर्नेछ ।
शनिबार पहिलो सेमीफाइनल खेल हुने क्लबका महासचिब रामजी प्रसाद अधिकारीले जनाएका छन् । विदेशी पाहुना टोली भुटानको पारो एफसी नेपाली ए डिभिजनको क्लब थ्रिस्टार संग भिड्ने छ ।
पारो एफसी पहिलो पटक आहा रारा पोखरा गोल्डकपमा सहभागि हुन आएको हो । पारो एफसी पहिलो पटक पोखराको मैदानमा अवतरण गर्दा प्रिक्वाटरमा आयोजक सहारालाई २–१ ले पराजित गरेको थ्रीस्टारको भिडन्त दर्शनिय हुने अपेक्षा आयोजकले गरेको छ ।
फोटो: सुदर्शन रंजित