आहा ! रारा पोखरा गोल्डकप : भरतको गोलमा आर्मीको जित

पोखरा स्पोर्टस । पोखरामा जारी २३ औं आहा ! रारा पोखरा गोल्डकपमा विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

सहारा क्लब पोखरा द्वारा आयोजित प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

टिमका लागि एक मात्र गोल टिम कप्तान भरत खवासले गरे । खेलको २७ औं मिनेटमा गोल गरेका भरतको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

निर्णायक गोल गरेका उनी म्यान अफ दि म्याच समेत घोषित भए ।

बिहिबार हुने तेश्रो तेस्रो प्रिक्वाटर खेलमा मच्छिन्द्र क्लब र जावलाखेल क्लब भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close