
पोखरा स्पोर्टस । बागलुङ जिल्लामा पहिलो पटक बक्सिङ संघ गठन भएको छ ।
प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार उक्त बक्सिङ संघ गठन गरिएको जिल्ला खेलकुद विकास समिति बागलुङले जनाएको हो ।
नवगठित संघको अध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक गजेन्द्र बहादुर रोकासहित उपाध्यक्षमा राजु खड्का, सचिबमा यूक्तराज भण्डारी र कोषाध्यक्षमा राजु रोका रहेको प्रदेश बक्सिङ संघका अध्यक्ष विद्या मर्सानीले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काको उपस्थितीमा सम्पन्न भेलाले कार्यसमितिको सदस्यमा दिपेन्द्र खत्री, प्रेम सापकोटा र टेक बहादुर कुंवरलाई सर्वसम्मत चयन गरिएको छ ।
सो अवसरमा जिल्ला खेलकुदका कार्यालय प्रमुख राजेश बास्कोटा, नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य राजेन्द्र पाहारी, संघका पूर्व केन्द्रिय सदस्य बुद्ध गुभाजु, कास्की बक्सिङका अध्यक्ष सुमन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
