पाँच विभिन्न खेलका प्रशिक्षण माघ १५ बाट सुरु हुँदै

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जापानमा हुने २० औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई विगत भन्दा प्रभावकारी बनाउने उद्देश्यसहित ५ खेलको प्रशिक्षण माघ १५ गतेबाट सुरु गर्ने बताएका छन् ।

सदस्य–सचिव घिसिङले विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीसंगको छलफलमा पहिलो चरणमा कराते, तेक्वान्दो, बक्सिङ, जुडो र उसुको तयारी प्रशिक्षण सुरु गर्ने र बाँकी खेलको पनि क्रमैसंग तयारी थाल्ने बताएका हुन् ।

‘आगामी एसियाली खेलकुदका लागि पहिलो चरणमा कराते, तेक्वान्दो, बक्सिङ, जुडो र उसुको प्रशिक्षण सुरु गर्छौ । यसो भनिरहँदा अरु खेललाई नजरअन्दाज गर्न पक्कै खोजिएको होइन । बाँकीको पनि क्रमैसंग तयारी थाल्ने छौं ।’ सदस्य–सचिव घिसिङले भने– ‘विगतमा हुने छोटो अवधिको प्रशिक्षणको अन्त्य गर्न जरुरी छ । तयारी छोटो गर्ने अनि खेलाडीबाट उत्कृष्ट नतिजा अपेक्षा गर्नु न्यानोचित होइन । २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसाथ तयारी अगाडि बढाउने योजनमा छौं ।’

सो अवसरमा कक्षा ४ देखि विद्यालयमा खेलकुदलाई अनिवार्य विषयका रुपमा समावेश गर्नु पर्ने, प्रतियोगिताका समयमा खेलाडीको परीक्षा जुध्दा वैकल्पिक उपायको खोजीका लागि सम्बन्धित निकायमा पहल गर्ने, प्रतियोगिता सञ्चालन गर्दा विमा अनिवार्य गर्नु पर्ने, राष्ट्रिय खेल संघले सञ्चालन गरेका र आगामी दिनमा सञ्चालन गर्ने विभिन्न गतिविधिलगायतका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close