कोष बृद्धि गर्न बगर भाइ खलकको ‘च्यारिटी डिनर’

पोखरा स्पोर्टस । ग्रासरुट फुटबल प्रशिक्षण कोष बृद्धि गर्न बगर भाइ खलक पोखराले ‘च्यारिटी डिनर’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

विगत दुई वर्ष खेलाडी उत्पादनका लागि बगर भाइ खलकले सुरु गरेको ग्रास रुट प्रशिक्षणका लागि कोषमा रकम वृद्धि गर्न उक्त च्यारिटी डिनर कार्यक्रम तय गरिएको अध्यक्ष दिल बहादुर गुरुङले जनाएका छन् । उक्त च्यारिटी डिनर कार्यक्रम यहि माघ १२ गते आयोजना हुने अध्यक्ष गुरुङले जनाए ।

विभिन्न सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिने च्यारिटी डिनरमा संस्थाका आजिवन सदस्यहरु, विदेशबाट आएका संस्थाका शुभचिन्तकहरु तथा संस्थाका विभिन्न सहयोगी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहने छ ।

यसै विच बगर भाइ खलकले यहि माघ २१ देखि २७ गते सम्म आयोजना गर्ने तेहैं संस्करणको बगर भाइ खलक भेट्रान फुटबल प्रतियोगिताको तयारी समेत तिव्र बनाएको जनाएको छ । भेट्रान उमेरका विभिन्न तीन समुहमा पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।यस अघि ४० वर्ष माथीको उमेर समुहमा प्रतियोगिता हुँदै आएको थियो ।  

‘स्वास्थ्यका लागि एक घन्टा व्यायम, नागरिकका लागि नौलो आयाम’ भन्ने उद्घोषका साथ स्थापित बगर भाइ खलकले विभिन्न देशमा समेत आफ्नो शाखा विस्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close