नेपाल ओलम्पिकको नाउँमा भारतमा यसरी प्रचार, वृहत खेलकुदको नाममा ठगी धन्दा

पोखरा स्पोर्टस । भारतीय सामाजिक सञ्जालमा यतिबेला नेपालमा वृहत खेलकुद प्रतियोगिता आयोजना हुने भन्दै प्रचार गरिएको छ ।

‘अन्नपूर्ण माउन्ट एभरेष्ट ओपन एसियन गेम्स २०२४‘  नाम दिएको उक्त वृहत प्रतियोगिताको आयोजक संस्था ‘नेपाल ओलम्पिक महासंघ’ रहेको जनाइएको छ । यहि माघ २५ देखि २८ गते सम्म आयोजना तय गर्ने भनिएको उक्त प्रतियोगिता पोखरा रंगशालामा हुने भनिएको छ ।

प्रतियोगितामा २५ भन्दा बढि खेलहरु समावेश गरिएको छ । हाँसो उठ्दो कुरा के छ भने स्पेसियल ट्यालेन्ट अन्तर्गत नाच समेत समावेश छ । २५ वटा खेलहरुमा मार्शल आर्टका सवै खेलहरु मध्ये कुङ फु समेत समावेश गरिएको छ । भलिबल, रेस्लिङ, योगा, सिलाबाम, स्केटिङ, एमएमए, खोखो, कबड्डी, क्रिकेट, फुटबल, बास्केटबल, ह्याण्डबल, स्विमिङलगायतका खेलहरु समावेश छन् ।

भारतको गोरखपुर हुँदै सोझै पोखरामा खेलकुदमा सहभागि हुने खेलाडीहरुका लागि मेडल, प्रमाणपत्र समेत प्रदान गरिने जनाइएको छ ।

लामो समय देखि खेलकुदमा भारतियहरुले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका नाममा ठगि धन्दा चलाइरहेका छन् । वग्रेल्ती मैत्रीपूर्ण खेलहरु हुने गरिएपनि त्यसबारे सम्वन्धित निकाय त्यस्ता मैत्रीपूर्ण खेल बारे भने पर्यटन आकर्षणका लागि फरक नपर्ने विश्वासका साथ आँखा चिम्लेर बसेका छन् ।

तर यस पटक भने नेपालमा हुँदै नभएको संस्था खडा गरेर भारतीय खेलाडीहरुलाई झुक्याउने प्रयास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close