
पोखरा स्पोर्टस । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिपका लागि गण्डकी प्रदेश भलिबल संघले टिमको घोषणा गरेको छ ।

अध्यक्ष गुरुङ र प्रशिक्षक केसीको भनाई भिडियो क्लिक गर्नुहोस
संघका अध्यक्ष नविन कुमार गुरुङले खेलाडीहरुको घोषण गर्दै उपाधि रक्षाका लागि तयार रहेको जनाएका हुन् । पोखरा स्पोर्टस संग कुरा गर्दै अध्यक्ष गुरुङले खोम प्रसाद पाण्डे (हरि)को कप्तानीमा मैदानमा उत्रिने छ । गण्डकीको टिममा तीन जना भारतिय राष्ट्रिय टोलीका खेलाडी समावेश छन् ।
गण्डकीको टोलीमा सुजन चोखाल, इन्द्र बहादुर विक, जिवन सुनार, रबी केसी, हिमाल सुनारी, विश्वासक अधिकारी, सरोज बर्देवा, कुन्जन शाकी ठकुरी (लिबेरो) छन् भने तीन भारतीय खेलाडीमा अमित गुलिया, रामास्वामी आङ्गामुथु र अप्पु मुथु स्वामी रहेका छन् । तीन जानै भारतीय खेलाडीहरु हालै चिनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा भारतीय टिमका सदस्य थिए ।
त्यसै गरी टिम प्रशिक्षकमा रमेश केसी र सहायक प्रशिक्षकमा किरण गुरौंलाई जिम्मेवारी दिएको छ । त्यसै गरी टिमको व्यवस्थापन विवश आले मगरले सम्हाल्ने छन् भने फिजियोमा जिवन भण्डारी रहेका छन् ।
“हामीले एक सेट टिम मैदानमा उत्राने छौं । हामीलाई उपाधि रक्षा हुने छ भन्ने विश्वास लिएका छौं”–अध्यक्ष गुरुङले भने–“हालै सुर्खेतमा समेत गण्डकीको टिमले तेश्रो स्थान हासिल गरेकोले टिमले उत्कृष्ट प्रदर्शन गर्नेमा म विश्वस्त छु ।” टिम तयारीका लागि ने ठूलो खर्च रहेको जनाउँदै अध्यक्ष गुरुङले सहयोगका लागि आह्वान समेत गरेका छन् । उनले भने–“हामी टिम तयार गर्छौं । खेलाडीहरुलाई ठाउँ–ठाउँबाट बोलाएका छौं । संघको एक्लो प्रयासमा महिला तथा पुरुष टिम तयार गर्न सजिलो छैन । हामीले तीन–तीन जना दुवै टिममा विदेशी खेलाडी समावेश गरेका छौं ।” उनले टिम तयार गर्न सहयोग गर्नेहरु प्रति आभार समेत् व्यक्त गरे ।
यत टिम प्रशिक्षक केसीले टिम केही दिन अघि मात्रै सुर्खेतबाट फर्किएको जनाउँदै आजैबाट तयारी थाल्ने जनाएका छन् । “हामी लामो यात्रा पछि पोखरा फर्किएका छौं । दुई दिन हामी रेष्टमा थियौं । आजैबाट तयारी सुरु गछौं”–प्रशिक्षक केसीले भनेका छन् । उनले चौथो टाइगर कपमा महिला टिमको प्रदर्शन सुधार गर्दै उपाधि नजिक पुर्याउने बताए । उनले भने–“महिला टिमले यस अघिका तीन संस्करणमा खासै राम्रो प्रदर्शन गरेको छैन । हामी यो संस्करणमा उपाधि नजिक पुग्ने गरी तयार गरेका छौं । विदेशी खेलाडीहरु समेत उत्कृष्ट भएकोले त्यो अपेक्षा पुरा हुनेमा विश्वस्त छु ।”
