इनास सव जुनियर च्यालेन्ज कप ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा स्पोर्टस । नेपालमा योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको आयोजनामा योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कप ब्याडमिन्टन प्रतियोगिता आज बिहिबार बाट सुरु भएको छ ।  मनमैजुस्थित दीपक ब्याडमिन्टन एकेडेमीमा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले एक कार्यक्रमविच कोर्टमा ब्याडमिन्टन खेल्दै उद्घाटन गरेका हुन् ।

सो अवसरमा सदस्य सचिव घिसिङ्गले खेलकुदको विकास साना बालबालिकाबाट नै सुरु गर्नु पर्ने र आजका बाल खेलाडी भोलीका राज्यको प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडी हुने भन्दै यस प्रतियोगिताले राज्यको लक्ष्य पूर्ति गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

चार दिन सम्म संचालन हुने प्रतियोगितामा यु–११, यु– १३ ब्वाईज र गर्ल्स र यु– १५ ब्वाईज र गर्ल्स गरि पाँच विधामा जिल्ला÷क्लब गरि ८६ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेको आयोजक इनासका प्रोपाईटर राजु बास्तोलाले जानकारी गराए । बास्तोलाले बालबालिकालाई ब्याडमिन्टन खेल प्रति आकर्षित गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्ने मुख्य उद्धेश्य रहेको समेत् बताए ।

रिजन र अक्षतको विजयी सुरुवात
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र अन्तर्राष्ट्रिय ब्याडमिन्टन बिकास केन्द्रका अक्षत ढुङ्गेल योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कप २०८० यु– १३ को अन्तिम १६ मा प्रवेश गरेका छन् ।

बिहिबार सम्पन्न प्रतिस्पर्धामा थापा मगरले नाइटिङ्गलका निश्चल थापालाई २१–१, २१–६ ले तथा अक्षतले किर्तिपुरका गगन बि.क.लाई २१–१९, २१–१९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

अन्तिम १६ मा स्थान बनाउने क्रममा स्पोर्टस् हवका सदीप राईले ललितपुरका प्रशान्त बुढाथोकीलाई २१–६, २१–११, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीले कपिलबस्तुका बिवेश बस्नेतलाई २१–१९, २१–१६, एपिएफका आरुष सिमखडाले सुशान्त प्रजापतीलाई २१–१८, २१–१७, कालिकाका आदित्य चौधरीले आर्मीका आयुष राईलाई २१–६, २१–८, धन्यन्तरीका सत्यम कार्कीले दोलखाका अर्नव श्रेष्ठलाई २१–६, २१–१०, कास्कीका अमृत थापाले कपिलबस्तुका विराट बस्नेतलाई २१–९, २१–१०, कपिलबस्तुका राज घिमिरेले किर्तिपुरका सामन्त बज्राचार्यलाई २१–११, २२–२०, तनहुँका सफल भुजेलले दीपक ब्याडमिन्टन एकेडेमीका जेशन श्रेष्ठलाई २१–६, २१–१२ पराजित गरे ।

त्यस्तै आर्मीका दीप थिङ्गले इटहरीका सिमोन कार्कीबाट वाक ओभर, पुलिस स्कुलका सिद्धान्त श्रेष्ठले एपिएफ सम्राट टन्डनले २१–१२, २१–१३, महाबौद्ध क्लबका आरभ शाक्यले कास्कीका सविन विक्रम पालिखेलाई २१–६, २१–१२, आर्मीका सुदेश राजकोटीले एपिएफका समिर खड्कालाई २१–६, २१–४, प्रिन्स थापा मगरले धन्यन्तरीका सुहम कार्कीबाट वाक ओभर, पुलिस स्कुलका प्रिन्स कार्कीले ग्यालेक्सी पब्लिक स्कुलका शुभम चौहानलाई २१–१०, २१–५ले पनि जित हात पार्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

यस्तै यु ११ तर्फ एसबिएका आदित्य थारु, कपिलबस्तुका बिराट बस्नेत, महाबौद्धका आरभ शाक्य र ललितपुरका प्रशान्त बुढाथोकी आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close