‘भिडाबारी ड्रिम प्रोजेक्टका लागि स्रोतको खोजीमा छौं’–एन्फा महासचिव राई

पोखरा स्पोर्टस । कास्की माछापुच्छ्रेमा चार वर्ष अघिबाट निर्माण सुरु हुने भनिएको भिडाबारी एन्फा ड्रिम प्रोजेक्टका लागि स्रोतको खोजीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले जनाएका छन् ।

एन्फा भित्रको आन्तरीक विवादका कारण करिव-करिव निर्माण सुरु नहुने अवस्थामा एक कार्यक्रमका लागि पोखरा आएका महासचिव राईले भने प्रोजेक्ट बन्नेमा विश्वस्त हुन आग्रह गरेका छन् । पोखरा स्पोर्टस संग कुरा गर्दै उनले भने–“संरचना बन्छ तर कुन मोडलमा बन्छ त्यो अझै पुरा भइसकेको छैन” उनले भने–“प्रोजेक्ट नबनाउने भन्ने विवादको विषय नै होइन । तर फिफाले दिएको म्यान्डेट अनुसार स्टेक होल्डरका विच हुने सहमति र स्रोतको व्यवस्थापन नै हो ।”

नेपाली फुटबल फ्यानहरुले अपेक्षा गरे अनुरुप एन्फा अघि बढ्न नसकेको बताउँदै महासचिव राईले फिफाको फन्डिङ्ग, एन्फा भित्रको विवादनै प्रमुख कारक रहेको उल्लेख गरे । उनले भने–“अव वैधानिक रुपमा नै विवादहरु अन्त्य भएको छ । तर हामी व्यवहारिक रुपमा नै ति विवादहरुको अन्त्य गरेर फुटबललाई एक ढिक्का बनाएर अघि बढाउँदै छौं”, उनले थप जोड दिंदै भने–“अव विवाद होइन चौतर्फीरुपमा यहाँहरुले फुटबल मात्रै देख्नुहुनेछ । म यसका लागि सबैलाई विश्वस्त पार्न चाहन्छु ।”

फिफाले प्रोजेक्ट निर्माणका लागि भनेर नै भनेर बजेट पठाएको नभई अन्य देश सरह नै नेपालले पाएको बताउँदै तोकिएको समयमा सम्पन्न हुनेमा विषयमा समस्या भएको महासचिव राईले बताए । उनले गण्डकीका सम्पूर्ण फुटबल प्रेमीहरुलाई ढुक्क हुन आग्रह गर्दै भने–“प्रोजेक्ट बन्द गर्ने विषयमा एन्फा छैन । हामी प्रदेशका मुख्यमन्त्री लगायत अन्य सरोकारवाला पक्षहरु संग छलफलको क्रममा छौं । फिफाले नदिएर प्रोजेक्ट कोल्याप्स हुन्छ भन्ने होइन । निर्माण सुरु गर्न ढिलो मात्रै भएको हो ।”

एन्फा भित्रको विवाद समाधानतर्फ अघि बढेको जनाउँदै महासचिव राईले अव विग्रेका र टुटेका मनहरु जोड्न मात्रै बाँकी रहेको बताउँदै विवादका कारण नेपाली प्रतिभावान खेलाडीहरुको पलायनको विषय गम्भिर रहेको बताए । उनले भने–“यो चुनौतीको विषय हो । हामीले खेलाडीहरुको जिविकोपार्जन र यूथ डेभलप्मेन्टका कार्यक्रम अघि सारेका छौं । हामी कोही खेलाडी पनि पलायन नहोस । एन्फाको विवाद समाधान होस भन्ने विषयलाई नै प्राथमिकता दिएर अघि बढेका छौं ।”

नेपाली फुटबल फ्यानहरुले अपेक्षा गरे अनुरुप एन्फा अघि बढ्न नसकेको बताउँदै महासचिव राईले फिफाको फन्डिङ्ग, एन्फा भित्रको विवादनै प्रमुख कारक रहेको उल्लेख गरे । उनले भने–“अव वैधानिक रुपमा नै विवादहरु अन्त्य भएको छ । तर हामी व्यवहारिक रुपमा नै ति विवादहरुको अन्त्य गरेर फुटबललाई एक ढिक्का बनाएर अघि बढाउँदै छौं” , उनले थप जोड दिंदै भने–“अव विवाद होइन चौतर्फीरुपमा यहाँहरुले फुटबल मात्रै देख्नुहुनेछ । म यसका लागि सबैलाई विश्वस्त पार्न चाहन्छु ।”

यसै विच गण्डकी प्रदेश फुटबल संघले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट गरी एक ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष दिपेन्द्र श्रेष्ठले बुझाएको ज्ञापनपत्रमा उक्त प्रोजेक्ट सुरु नहुँदा सम्पूर्ण फुटबल प्रेमीहरुलाई चिन्तित तुल्याएको जनाउँदै एन्फालई निर्माण कार्य सुरु गरी अन्यौलता हटाउन र सो बारे एन्फामा समेत दवाव दिन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close