पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रदेश खेलकुद परिषद गण्डकीको साथ

पोखरा स्पोर्टस । आगामी फागुन ५ गते पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा प्रदेश खेलकुद परिषद गण्डकीले आवश्यक सहयोग गर्ने भएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको म्याराथनको १८ औं संस्करणलाई प्रदेश खेलकुद परिषदले साथ दिने भएको हो । बिहिबार प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीसहित अन्य पदाधिकारी बीच भएको भेटघाटमा परिषदले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भूतपूर्व खेलाडी मञ्च समग्र खेलाडीका लाग मार्गदर्शनको रुपमा रहेको बताए । उनले अन्तर्राष्ट्रिय स्तरको म्याराथन गर्दै मञ्चले ठूलो काम गरेको उनको भनाई छ । मञ्चलाई अझै विस्तार गर्न समेत उनले अनुरोध गरे ।  पोखरा अन्तर्राष्ट्रिय म्याराथन मञ्चको मात्रै नभई समग्र प्रदेशको रहेको र परिषदले यसका लागि गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरे ।

‘अन्तर्राष्ट्रिय फोरममा राम्रो प्रवाह छाडेको भूतपूर्व खेलाडी मञ्च समग्र खेलकुदका लागि मार्गदर्शनको रुपमा छ । यो राम्रो पक्ष हो’ उनले भने, ‘तर अलिकति यो संस्थालाई कता कता पोखराको मात्र हो की भन्ने पनि देखिएको छ । यो संस्था सारा नेपालभर फैलिनुपर्छ । यसले हरेक जिल्लामा साना साना दौड वा कुनै खेल गतिविधि गनुर्पछ ।’ सदस्यसचिव शर्माले आगामी म्याराथनका लागि गण्डकीमा रहेका ओलम्पियनहरुलाई समेत सम्झिन सुझाव दिए । उनले एथलेटिक्सतर्फका ओलम्पियन ज्ञान बहादुर बोहरा, टिका बोगटी, राजेन्द्र भण्डारी, तिलकराम थनेत, यूथ ओलम्पियन मनिषा अधिकारीलगायत ओलम्पियनहरुलाई समेत समेट्न र उनीहरुलाई म्याराथनमा सहभागि गराउन आग्रह गरे । 

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जिल्ला खेलसंघहरुसँग समन्वयकारी भुमिका खेलिदन परिषदलाई आग्रह गरे । पुर्व खेलाडीहरुको छाता संगठन भएकाले यसमा हरेक खेल संघ जोडिए थप हौसला बढ्ने उनले सुनाए । यो संस्करणको प्रतियोगितालाई सुरक्षित र पर्यटन प्रवर्द्धन गर्नका लागि नयाँ बैकल्पिक रुटमा लैजाने योजना बनिरहेको उनले सुनाए ।

‘हिजोका दिनसम्म हामीलाई सडक सुरक्षा निकै चुनौतिको रुपमा रह्यो । आज हामीले त्यहि सडक सुरक्षालाई मध्येनजर गर्दै बैकल्पिक रुटको व्यस्था गर्ने योजनामा छौं’ उनले भने, ‘सिटी म्याराथनको अवधारणा अनरुप हामीले पोखराको मध्यभाग हुँदै पर्यटकीय क्षेत्र फेवातालतर्फ लैजाने छौं ।’

उनका अनुसार प्रतियोगिताका लागि हालसम्म १० राष्ट्रका धावकहरुले नाम दर्ता गराइसकेका छन् । प्रतियोगिता सफल बनाउन विभिन्न उपसमिति गठन गरि तिब्र रुपमा काम अघि बढिरहेको पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close