पोखरा स्पोर्टस । पोखरा १२ स्थित गार्डेन युथ क्लव फुलबारीले भेट्रान सिक्स ‘ए’ साइड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उक्त प्रतियोगिता आगामी माघ १२ र १३ गते रानीपौवा स्पोर्टस सेन्टरमा आयोजना हुने क्लवका अध्यक्ष बिनोद गुरुङले जानकारी दिएका हुन् ।
प्रतियोगितामा कुल २५ टिमको सहभागिता हुने अपेक्षा गरिएको अध्यक्ष गुरुङले जानकारी दिंदै ३५ वर्ष माथीको भेट्रान फुटसलमा ४० वर्ष भन्दा माथीका दुई खेलाडी अनिवार्य समावेश गर्ने प्रावधान रहेको जानकारी दिए ।
प्रतियोगितामा उपाधि विजेतालाई नगद रु १ लाख ५ हजार र उपविजेता टिमले ५१ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यसै गरी मस्ट भेलुयबल खेलाडीलाई नगद रु १० हजार र उत्कृष्ट प्रशिक्षक तथा किपरलाई जनही नगद रु ५–५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
