कर्णाली प्रदेशमा ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न

पोखरा स्पोर्टस । कर्णाली प्रदेश ब्याडमिन्टन संघको आयोजनामा चार दिने ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा सुर्खेत जिल्ला ब्याडमिन्टन संघको समन्वय र नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।

निर्णायक तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ६ महिला र २९ पुरुष गरि ३५ प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई ब्याडमिन्टन एसियाका निर्णायक दीपक थापा र राष्ट्रिय रेफ्रि एवं अन्तराष्ट्रिय निर्णायक किरण कारञ्जितले प्रशिक्षण प्रदान गरेका थिए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले उद्घाटन गरको तालिममा दिक्षित निर्णायकहरुलाई कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जि.सी.ले प्रमाण पत्र वितरण गरेका थिए ।

समापन कार्यक्रम कर्णाली प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष टक्क बहादुर शाही (आजीवन)को सभापतित्वमा  भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close