
पोखरा स्पोर्टस । आफ्नै होम ग्राउण्डमा कास्कीले स्याङजा विरुद्ध पराजय व्यर्होदा पिएम कप गण्डकी प्रदेशस्तरिय एक दिवशिय क्रिकेट छनौट प्रतियोगिताबाट नै बाहिरिएको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी शनिबारको महत्वपूर्ण म्याच स्याङजा संग ७७ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । स्याङजा आफ्ना २ खेलमा जित हासिल गर्दै ४ अंक बटुल्दै फाइनलमा स्थान पक्का गरेको छ । समुह ‘ए’मा कास्कीको एकमा जित एकमा हार गरी २ अंक थियो ।
स्याङजाले पहिलो व्याटिङ गर्दै ९ विकेटको क्षतीमा २२२ रन बनाएको थियो । विजयीका लागि २२३ रनको लक्ष्य पछ्याउने क्रममा कास्की ४०.३ ओभरमा पुरै विकेट गुमाउँदै १४५ रनमा समेटियो ।
स्याङजाका लागि इश्वर क्षेत्रीले ६२ बलमा ५५ रन र मिलन क्षेत्रीले ४४ बलमा ३६ रनको योगदान दिए । कास्कीका बलर विपिन खत्रीले ३ विकेट हात पार्दा आदित्य थापाले २ विकेट लिए ।
यता कास्कीका लागि सिविन श्रेष्ठले ४४ बलमा ४८ रन बनाउँदा अभिषेक बस्नेतले २२ रन बनाए भने स्याङजाका लागि अंकित न्यौपानेले कसिलो बलिङ गर्दै ३ विकेट र अश्विनी रानाले समान ३ विकेट हात पारे । उनी म्यान अफ दि म्याच घोषित भए ।
आइतबारबाट समुह बि अन्तर्गतका तिन टिम नवलपुर तनहुँ र पर्वतका विच हुने छ ।
