पिएम कप एक दिवशिय क्रिकेट छनौटमा स्याङजा १४१ रनले बिजयी

पोखरा स्पोर्टस । स्याङजाका इश्वर क्षेत्रीले १४४ रनको व्यक्तिगत योगदानमा पिएम कप एक दिवशिय क्रिकेट छनौटमा स्याङजा १४१ रनले विजयी भएको छ । ९७ बलको सामना गरेका इश्वरले १५ चौक र १० छक्का प्रहार गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा बागलुङ विरुद्ध टस जितेर व्याटिङ गरेको स्याङजाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४४ रनको विशाल स्कोर बनाएको हो । जवाफी व्याटिङ गरेको बागलुङ पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतीमा २०३ रन मात्रै बनाउन सक्यो ।

स्याङजाका व्याटर अश्विन रानाले ३८ बलमा ४४ रन, सन्दिप खत्री क्षेत्रीले ३२ र करन पगेनीले २८ रनको योगदान दिए । बागलुङका लागि अर्जुन रायमाझीले १० ओभरमा ३० रन दिएर ३ विकेट हात पार्दा अंकित न्यौपानेले २ विकेट लिए ।

यता बागलुङका लागि अर्जुन रायमाझीले ११२ बलमा ७० रनको योगदान दिंदा दिपेश कुवंरले १०३ बलमा ५४ रनको अर्धशतकिय पारी खेले । स्याङजाका बलर तुलसीराम भण्डारीले ३ र अंकित न्यौपानेले २ विकेट लिए ।

दुबै खेलमा हार व्यहोरेको समुह ‘ए’ को बागलुङ प्रतियोगिताबाट बाहिरिएको छ । बिहिबार भएको उद्घाटन खेलमा बागलुङ कास्की संग १५३ रनले हार व्यहोरेको थियो । समान एक–एक खेल जितेको कास्की र स्याङजाको समान २–२ अंक रहेको छ । भोली स्याङजा र कास्कीका विच हुने खेलले ग्रुप ‘ए’ बाट फाइनलमा पुग्ने टिमको टुङ्गो लाग्ने छ । 

खेलको म्यान अफ दि म्याच भएका इश्वरलाई प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले मेडल प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close