
पोखरा स्पोर्टस । पिएम कप कास्की क्रिकेट छनौट सम्पन्न भए संगै सिव्रीन श्रेष्ठ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका छन् ।
पोखरा रंगशाला क्रिकेट खेल मैदानमा सम्पन्न छनौट प्रतियोगितामा ३ इनिङ खेलेका टिम रुपाका सिव्रीनले ९ विकेटका साथ १४२ रन बनाएका थिए ।

प्रतियोगितामा टिम रुपाकै अभिषेक बस्नेत उत्कृष्ट ब्याटर हुन सफल भए । समान ३ इनिङ खेलेका उनले १५७ रन बनाएका थिए भने उत्कृष्ट बलर सोही क्लवका विधान श्रेष्ठ भएका छन् । उनले ३ इनिङमा कुल १३ विकेट हात पारे ।
छनौट प्रतियोगितामा टिम दिपाङ ४ अंकका साथ रन रेटका आधारमा पहिलो हुँदा, समान ३ खेल खेलेको रुपा रनरेटका आधारमा दोश्रो, फेवा टिम तेश्रो र बेगनास चौथो भएको छ ।
प्रतियोगिताबाट पिएम कप प्रदेशस्तरीय प्रतियोगिता छनौटका लागि कास्की टिमका घोषणा गरिने कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जनाएका छन् ।
