पोखरा कप अन्तर क्लबस्तरिय भलिबलमा १० टिम भिड्दै

पोखरा स्पोर्टस । पोखरा कप अन्तर क्लवस्तरिय खुला पुरुष भलिबल प्रतियोगिता भोली पुष १४ गतेबाट सुरु हुने भएको छ । देखि सम्म हुने भएको छ ।

रेवान पोखराले आयोजना गर्ने ‘२५ औं सडक महोत्सव’को सन्दर्भ समेत जोडेर पोखरा वडा नं ६ बसुन्धरा पार्कस्थित भलिबल खेल मैदानमा उक्त प्रतियोगिता १६ गते सम्म सञ्चालन हुने भएको हो ।

प्रतियोगितालाई पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नेछन् ।

पोखरा महानगरपालिका भलिबल संघका अध्यक्ष राम बहादुर लामिछानेका अनुसार प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । भोली हुने उद्घाटन खेलमा आयोजक पोखरा महानगर निलो र गुरुकुल मावि भिड्नेछन् ।

‘स्रस्टालाई सम्मान, नयाँ पुस्तालाई प्रोत्सहान’ भन्ने उद्धेश्यका साथ आयोजना हुने उक्त प्रतियोगिता पोखरा महानगर खेलकुद विकास समितिको समन्वय तथा पोखरा महानगरपालिका प्रवर्द्धक रहेको छ ।

प्रतियोगितामा शुक्ल गण्डकी नगरपालिका, टङ्गुस क्लव गोरखा, पर्वत भलिबल क्लव, पोखरा महानगर रातो, बसुन्धरा पार्क क्लव, शिदार्थ लभडेल मावि, गल्कोट भलिबल क्लव र निसीखोला भलिबल क्लवको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु १ लाख ११ हजार १११ र उपविजेताले नगद रु ७७ हजार ७ सय ७७ का साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई नगद रु १० हजार र ट्रफीसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

त्यसै विभिन्न विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडी वेष्ट सेटर, वेष्ट स्पाइकर, वेष्ट सर्भर, वेष्ट ब्लकर र वेष्ट डिफेन्डरलाई जनही नगद रु ३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख ९३ हजार ८ सय ८८ रुपैयाँ खर्च लाग्ने आयोजकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close