पिएम कप कास्की क्रिकेट छनौटमा टिम दिपाङको सहज जित

पोखरा स्पोर्टस । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशलामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा टिम फेवा माथि टिम दिपाङ १ सय ३३ रनले विजयी भएको छ ।

पहिला व्याटिङ गरेको दिपाङले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक २ सय ४७ रन बनाएको थियो । दिपाङका लागि राजु खनालले १ सय ३ रन तथा आदित्य थापा र आशिष न्यौपानेले समान २७ रन जोडे ।

फेवाका बलरहरु अभिषेक थापा र सन्तोष सर्माले २/२ विकेट लिए । जितका लागि २ सय ४८ रनका लक्ष्य पछ्याएको फेवाले २५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १४ रन बनायो । फेवाका व्याट्स्म्यानहरु शिवकुमार यादवले २५, विकास अधिकारीले २४ तथा निरज गुरुङ्गले १० रन बनाए ।

दिपाङका बलर विधान श्रेष्ठ एक्लैले ७ विकेट लिए । मुकेश गुप्ताले २ विकेट लिएका थिए ।

खेलमा दिपाङका राजु खनाल प्लेयर अफ द म्याच भए । कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाले उनलाई पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close