पिएम कप क्रिकेट कास्की छनौट : प्रतिस्पर्धात्मक खेलमा रुपा १ विकेटले विजयी

पोखरा स्पोर्टस । प्रधानमन्त्री कप कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा टिम बगेनासमाथि रुपाले १ विकेटको जित निकालेको छ ।

पहिला व्याटिङ गरेको बेगनासले ३८.२ ओभरमा १५९ रनमा अलआउट भएको थियो । बेगनासको तर्फबाट अभिषेक बस्नेतले ८७, रोहित चन्दले २६ जोडे । रुपाका बलर अन्जन केसीले ३ तथा सिब्रिन श्रेष्ठ र महेश खत्रीले समान २ विकेट लिए ।

जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको रुपाले ३४ं.१ ओभरमा ९ विकेट गुमाउँदै जित हाता पार्यो । रुपाका व्याट्स्म्यानहरु सुदिप पौडेलले ३४, महेश खत्रीले २५ रन बनाए । बेगनासका बलरहरु कृष्ण पौडेलले ५, रोहि चन्दले २ विकेट लिए । खेलमा रुपाका महेश खत्री प्लेयर अफ द म्याच भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close