२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसमा पहिलो चरणका खेल सम्पन्न

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा ओपन सिंगल्स पुरुषतर्फ निशान श्रेष्ठले ज्वेल राणालाई ६–३, ६–२ ले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गर्दा, संरक्षक भुषण बज्रचार्यले प्रितम परियारलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाउँदै अन्तिम आठको यात्रा तय गरेका छन् । त्यस्तै आशिष खडकाले निशाद जोशीलाई ६–०, ६–० ले, ऋतिक रानाले सिद्धान्त डेकालाई ६–२, ६–१ ले पराजित गरी अन्तिम आठमा स्थान पक्क गरे ।

त्यसै गरी प्रतियोगिता अन्तर्गत बिहिबारबाट सुरु भएको महिला सिंगल्सतर्फ शुभाङ्गी शाहले प्रशंसा मोक्तानलाई १–६, ६–२ र ६–३ को सेटमा पराजित गर्दा माहिका राणाले क्याथ्रिन लामालाई वाक आउट दिएकी छन् । त्यस्तै श्रेया भट्टराई जेनी खड्कालाई २–६, ६–४ र ६–१ ले पाखा लगाएकी छन् ।

मेन्स ओपन डबल्सतर्फ प्रवण मानन्धर र राजविर प्रधानको जोडीले प्रदिप खड्का र नेहाल जङ्ग बहादुर थापाको जोडीलाई टाई ब्रेकरमा ७–५, ४–६ र १२–१० ले पराजित गर्दा, संरक्षक र सम्यक भुषण बज्रचार्यको जोडीले आर्यन गिरी र आरभ सम्राट हाडाको जोडीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरेका छन् । अभिनन्सु ठाकुर र शिद्धान्त डेकाको जोडी आशिष खड्का र सौगात विकको जोडीलाई ७–६, ६–२ ले पराजित गर्दा ऋतिक राना र निशान श्रेष्ठको जोडीले गोविन्द नेपाली र युगेन शेर्पाको जोडीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरी अन्तिम आठमा स्थान पक्का गरेका छन् ।

त्यस्तै ३५ वर्ष माथी भएको सिंगल्समा सिमान्त गुरुङले छोम बहादुर शाहलाई ६–१, ६–१ को सेटमा पराजित गर्दा अनिल शाहीले कृष्ण देव उप्रेतीलाई ६–०, ६–१ ले, भिष्म गुरुङले अक्षय थापालाई ६–२, ६–२ ले र कमल भण्डारीले प्रकाशराज वाग्लेलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।

४५ वर्ष माथी भेट्रान्स सिंगल्समा रोहित सुनुवारले विकाश गुरुङलाई संघर्षपूर्ण खेलमा टाइव्रेकरमा ६–०, ४–६ र ११–९ ले पराजित गर्दा, माधव भण्डारीले विष्णु चापागाई लाई ६–०, ६–० को सोझो सेटमा, प्रदिप शाहले मिन बहादुर पुनलाई ६–३, ६–३ ले, उत्तम बोगोटीले अमृत कार्कीलाई टाइव्रेकरमा ६–३, ३–६ र १०–६ ले पराजित गरे । त्यसै गरि गोपी बहादुर भट्टराईले तेज लीलाई ६–१, ७–५ ले, मछिन्द्र थापाले भिष्मराज पौडेललाई ६–४, ६–३ ले, छेवाङ लामाले केवी तामाङलाई ६–१, ६–३ ले, महेश श्रेष्ठले अशोक गुरुङलाई ६–१, ६–२ ले पराजित गरी क्वाटर फाइनलको यात्रा तय गरेका छन् ।

४५ वर्ष माथी डबल्समा बिकास गुरुङ र शरण गुरुङको जोडीले कृष्णराज गुरुङ र सुवर्णलाई ६–२, ६–२ ले पराजित गरेका छन् ।

त्यसै गरी ५५ वर्ष माथी पुरुष सिंगल्समा विमल गुरुङले नवाङ लामालाई ६–१, ६–० ले, धरम लामिछानेले प्रदिप शाहलाई टाइ व्रेकरमा ४–६, ६–४ र ११–९ ले संघर्षपूर्ण जित निकाले भने पञ्च बहादुर पुनले इव्राहिम मुस्लिमलाई ६–२, ६–२ ले, ठोङवाम तुलेश्वरले हिमाल शाहलाई ६–०, ६–३ ले जित निकाल्दा समिर मान शेरचनले ऋषीराम पञ्डितलाई वाक आउट दिएका छन् । त्यसै गरी राम रानाले हर्क बहादुर गुरुङलाई ६–१, ६–१ ले र जिवन घिमिरेले मोती घलेलाई ६–३, ६–० तथा डियोनम लामाले सुनिल गुरुङलाई ७–६, ७–६ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

बिहिबार नै सम्पन्न ६५ वर्ष माथी सिंगल्समा विदुर विष्टले कर्म घलेलाई ४–२, ४–१ को सोझो सेटमा पराजित गर्दा मनोज शम्सेर जङ्ग बहादुर राणाले ध्रुव गुरुङलाई ४–१, ४–१ को सेटमा पराजित गरी फाइनलको यात्रा तय गरेका छन् ।

कास्की टेनिस संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक नविन चालिसेका अनुसार प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ जना गरि २१६ जनाको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारत, यूके र बंगालादेशका खेलाडी समेतको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा जारी रहेको छ ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

“२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै नगद करिव रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने जानकारी दिए ।

टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार प्रतियोगितामा नेपालका नं १ देखि ८ नं सम्मका ¥याकिङ खेलाडीहरु मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close