२० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा प्रदिप र संरक्षकको पहिलो जित

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबारबाट पोखरा टेनिस कम्लेक्समा सुरु भएको २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स सिंगल्समा प्रदिप खडका र संरक्षक भूषण बज्रचार्यले पहिलो जित निकालेका छन् ।

प्रतियोगिताको मेन्स सिंगल्स ओपनमा नेपालका नं १ प्रदिपले आफ्नो पहिलो खेल बोरिश अधिकारी विरुद्ध खेल्दै ६–१, ६–३ को सोझो सेटमा जित निकाल्दा पूर्व नं १ खेलाडी संरक्षकले गोविन्द नेपाली संग ६–०, ६–० को सोझो सेटमा जित निकालेका छन् । संरक्षक हाल अमेरिका बस्दै आएका छन् ।

त्यसै गरि मेन्स सिंगल्स ओपनमा दर्शिल श्रेष्ठले कुशल गुरुङलाई ६–१, ६–० ले, निहाल जगं बहादुर थापाले शक्ति शर्मालाई ६–१, ६–० ले, प्रणव मानन्धरले आर्यन गिरीलाई ६–२, ६–३ ले, राजविर प्रधानले आयुष्मान घलेललाई ६–१, ६–१ ले, अभिनन्सु ठकुरीले शास्वत बज्रचार्यलाई ६–०, ६–० ले, सम्यक वज्रचार्यले निर्मल मगरलाई ६–०, ६–१ ले, आरभ सम्राट हाडाले सक्लम शाहलाई ६–४, ६–१ ले, निशान श्रेष्ठले युगेन शेर्पालाई ६–१, ६–४ ले जोवेल रानाले सौगात विकलाई ६–१, ७–६ र ७–५ ले, प्रितम परियारले प्रशिद्ध मोक्तानलाई ६–३, ६–४ ले, आशिष खड्काले सृजन भट्टराईलाई ६–०, ६–० ले, निशाद जोशीले केभिन लामालाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे । त्यस्तै एक अर्को खेलमा सुशल मोक्तान रिटायर्ड हर्ट हुँदा प्रतियोगिताका नं २ बरियताका खेलाडी ऋतिक रानाले अधिल्लो चरणमा प्रवेश गरे ।

त्यस्तै ३५ वर्ष माथी सिंगल्समा नविन श्रेष्ठले इलम दिक्षितलाई ६–१, ६–१ ले, नवराज शर्माले हर्षवर्धन रावलाई ६–४, ७–५ ले, अमित गुरुङले लक्ष्मण तामाङलाई १–६, ६–२ र १०–७ को सेटमा पराजित गर्दा, व्रिजेश लाकोलले सन्तोष महर्जनलाई ६–१, ६–० ले, छोम विक्रम शाहले सोमरानालाई ६–१ र ७–५ ले पराजित गरे ।

त्यस्तै अन्य ३५ वर्ष माथीको सिंगल्समा कृष्ण देव उप्रेती, अक्षय थापा, प्रकाश राज वाग्लेले आ–आफ्नो खेल जितेका छन् ।

४५ वर्ष माथी सिंगल्समा गोपी बहादुर भट्राईले पदम गुरुङले ६–०, ६–३ ले पराजित गर्दा तेज लिले कृष्ण केसीलाई ६–१, ६–२ ले पाखा लगाए । त्यसै गरी मछिन्द्र थापा, भिष्मराज पौडेल, छेवाङ लामा, केवी तामाङ, अशोक गुरुङ, महेश श्रेष्ठले आ–आफ्नो खेल जिते ।

५५ वर्ष माथी सिंगल्समा नवाङ लामा, प्रदिप शाह, इव्राहिम मुस्लिम, पञ्च बहादुर पुन, हिमाल शाहले आ–आफ्नो स्पर्धा जित्दा ६५ वर्ष माथी डियोनम लामा, र पेम्वा ताशीले आफ्नो खेल जिते ।

३५ वर्ष माथी डबल्समा दुर्गा केसी र सुकमान तामाङको जोडी, सन्तोष के र दावा शेर्पाको जोडी, कमल र अमित गुरुङको जोडी, प्रकाश र लक्ष्मण तामाङको जोडी, आशिष सिग्देल र निमा लामा, जितेन्द्र र इलम दिक्षितको जोडीले पहिलो चरणको खेल जितेको छन् ।

४५ वर्ष माथी भएको एक मात्र खेलमा कृष्ण घले र सुवर्णको जोडीले उत्तम बोगटी र राजेन्द्रको जोडीलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता १५ गते कास्की टेनिस संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक नविन चालिसेले जनाएका छन् । प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ जना गरि २१६ जनाको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारत, यूके र बंगालादेशका खेलाडी समेतको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

“२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै नगद करिव रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने जानकारी दिए ।

टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले प्रतियोगितामा नेपालका नं १ देखि ८ नं सम्मका ¥याकिङ खेलाडीहरु मैदानमा उत्रिने छन् । नेपालका नं १ पुरुष तर्फ पोखराका प्रदिप खड्का र नं १ महिला खेलाडी अभिलाषा विष्टले सहभागिता रहेका छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close