‘क्रिकेटलाई सरकारले प्राथमिकतामा राखेको छ’–यूवा तथा खेलकुद मन्त्री लिम्बु

पोखरा स्पोर्टस । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले क्रिकेटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

कास्की जिल्ला क्रिकेट संघद्वारा आयोजित पिएम कप जिल्लास्तरिय छनौट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लिम्बुले उक्त कुरा बताएका हुन् । नेपाललाई क्रिकेटले जसरी विश्व सामु चिनाएको छ त्यस कारण पनि क्रिकेट उच्च प्राथमिकतामा रहेको बताउँदै भने–“अहिले सरकारले क्रिकेटलाई ‘हाई प्राइरोरीटी’मा राखेको छ । हरेक प्रदेशमा एक राष्ट्रिय गौरवको क्रिकेट रंगशाला निर्माणको कार्य अघि बढाएका छौं ।”

पहिलो चरणमा बिराटनगर, मुलपानी र चितवनलाई राष्ट्रिय गौरवको क्रिकेट रंगशाला निर्माणका लागि घोषणा गरिसकेको जनाउँदै मन्त्री लिम्बुले ति ठाउँका निर्माण सुरु गर्ने प्रक्रिया टुङ्गाएर अरु प्रदेशमा चरणवद्ध रुपमा निर्माणको प्रक्रिया अघि बढाउने बताए । उनले भने–“यो घोषणाले खेलाडीलाई उत्साह आउने छ भने अर्कोतर्फ लामो समय देखि खेल क्षेत्रमा लागेकाहरु उत्साहित हुन् र लगानी खेर नजाओस भन्ने सरकारको उद्धेश्य हो ।”

सबै मिलेर अघि बढेमा मात्रै नेपाल बन्छ भन्ने धारणाका बनाउँदै उत्साहका साथ अधि बढ्नु पर्ने जनाउँदै मन्त्री लिम्बुले अहिले यूवाहरु वितृष्णा जागेर पलायन हुँदा सरकारलाई गाली गर्ने परम्परा समेत बढेको उनको भनाई थियो । सरकारलाई गाली गरेर मात्रै सबै कुरा सम्भव नहुने बताउँदै सबै मिलेर दृढ संकल्पका साथ अघि बढेमा नेपालको निर्माण नयाँ गतिमा अघि बढ्ने बताए । खेलाडीलाई शुरक्षित र ढुक्क भएर खेल्न विमा निती ल्याएको जनाउँदै उनले खेलाडीहरुलाई आवाश गृहमा राखेर उनीहरुलाई थप हौसला प्राप्त हुने गरी प्रशिक्षणमा जुट्ने वातावरण बनाउन मन्त्रालय अधि बढेको बताए ।

रााष्ट्रिय टिममा जान यस्ता प्रतियोगिता आवश्यक रहेको जनाउँदै त्यसलाई आत्मसात गरेर अघि बढ्न आग्रह गर्दै यहाँ आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि आफ्नो तर्फबाट छिटो काम सम्पन्न गर्न आफ्नो पहल रहि रहने बताए ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष सिग्देलले पोखरा क्रिकेट रंगशालालाई व्यवस्थित बनाउन र अन्तर्राष्ट्रियस्तरको निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरे । उनले भने–“पटक पटक बजेट बिनियोजन हुन्छ तर संधै फ्रिज हुने अवस्था छ । हामीले धरै पटक रंगशाला सुधारका लागि आग्रह गरेका छौं । तर सोच अनुरुप अघि बढने सकेन ।” सबै मौसमका लागि पोखराको क्रिकेट मैदान उपयूक्त रहेको बताउँदै उनले कुनै पनि अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न सक्षम रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, राखेप सदस्य राजेश कुमार गुरुङ लगायतको सहभागिता रहेको थियो । पिएम कप छनौट प्रतियोगितामा कास्कीका विभिन्न चार वटा क्लवहरुको सहभागिता रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close