खेलकुद मन्त्री लिम्वु पोखरामा, “खेल पूर्वाधारहरु चाँडै हस्तान्तरण गर्छौं” (भिडियो सहित)

पोखरा स्पोर्टस । संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वु सोमबार पोखरा आएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा आजबाट सुरु हुने राष्ट्रिय मुवाँथाई च्याम्पियनसिपको उद्घाटन लगायत कास्कीका विभिन्न कार्यक्रममा सरिक हुन मन्त्री लिम्वु पोखरा आएका हुन् । सोमबार बिहान पोखरा आइपुगेका मन्त्री लिम्वुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मालगायतले स्वागत गरेका थिए ।

मन्त्री लिम्वुले पोखरा आए लगतै पोखरा स्पोर्टस संग कुरा गर्दै खेल पूर्वाधारहरु प्रदेश र स्थानिय सरकारहरुलाई हस्तान्तरण गर्न आफूले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई निर्देशन दिएको बताए । राखेपका अध्यक्ष समेत रहेका मन्त्री लिम्वुले भने–“यो विषय लामो समय सम्म थाँती राख्न हुन्न । मैले नै राखेपलाई निर्देशन दिएर यथासिघ्र अध्ययन गर्न कार्यदल गठन गर्न भनेको छु । केही दिन भित्र प्रतिवेदन आउनासाथ सबै हस्तान्तरणको विषय टुङ्गिनेछ ।”

खेलकुद क्षेत्रको समग्र विकासका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको पहल आवश्यक रहेको उनले बताए । खेलकुदको विकासका लागि केन्द्रले मात्रै गर्न नसक्ने जनाउँदै डिपिआर सम्पन्न भएका पूर्वाधारहरुमा मात्रै लगानी गरि अघि बढ्ने सरकारको योजना रहेको उनले बताए । “अहिले बालुवामा पानी हाले जस्तै गरी लगानी भएको छ । यो विषयमा सरकार गम्भिर छ । यसरी खेलकुदको विकासले गति लिन सक्दैन”- मन्त्री लिम्वुले भने ।

केन्द्रले मात्रै खेलकुद पूर्वाधारहरुको संरक्षण र निर्माण गर्न नसक्ने बताउँदै मन्त्री लिम्वुले भने–“कहाँ र कस्तो ठाउँमा कस्तो योजना आवश्यक्ता हो त्यसबारे अध्ययन हुन आवश्यक छ । स्थानिय, प्रदेश र संघिय सरकार मिलेर यो विवादलाई छिटो समाधान गर्ने सोच अनुरुप अध्ययन टोली निर्माण गरिएको हो ।”

राज्यको लगानी रहेका खर्बौ रुपैयाँ खेल पूर्वाधारहरुको संरक्षण हुन नसक्दा खण्डहर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै संरक्षणका लागि देखिएका समस्याहरु निराकरण गर्न समेत मन्त्रालयले यथासिघ्र कदम चाल्ने बताए । उनले भने–“राज्यको खर्बौ लगानी रहेका खेल पूर्वाधारहरु निर्माण सम्पन्न नहुँदा खण्डहर बन्दै गएका छन् । कहिं बन क्षेत्रको समस्या आएको छ । यस्तो अवस्थामा हामी त्यसै टुलुटुलु हेरेर बस्ने अवस्था छैन । यसको निराकरण छिटो हुनुपर्छ भन्ने हाम्रो सोच हो ।”

सरकारले लगानी रहेका पूर्वाधारहरु सम्पन्न यहि आर्थिक वर्षहरु सम्पन्न गर्ने गरी अघि बढ्ने उनले बताए । यर्थाथ रुपमा समस्याको पहिचान गरि त्यसको समाधान कसरी गर्ने भन्ने बारे प्रदेश र स्थानिय सरकारले छलफल गरेमा यो विषय लम्ब्याउने पक्षमा मन्त्रालय नरहेको उनको भनाई थियो । मन्त्री लिम्वुले राखेपका कर्मचारी समायोजनका लागि गठित ओएनएम कार्यदलले अझै प्रतिवेदन नबुझाएको जनाउँदै उनले आफू समक्ष प्रतिवेदन प्राप्त हुनासाथ उक्त प्रक्रिया अघि बढ्ने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close