राखेप द्वारा भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

प्रतिकार गर्छौ -परिषद 

पोखरा स्पोर्ट्स । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन÷निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरिएको छ । सातै प्रदेशका लागि छुट्टाछुट्टै समिति गठन गरिएको हो । सातै प्रदेशको समितिमा राखेपका सदस्यलाई संयोजक तोकिएको छ र सातै समिति ३ सदस्यीय छन् ।

सुदूरपश्चिम प्रदेशमा एकेन्द्र कुँवर, गण्डकी प्रदेशमा राजेश गुरुङ, कर्णाली प्रदेशमा प्रकाशकुमार कुसारी, बागमती प्रदेशमा पेमा डोल्मा लामा, कोशी प्रदेशमा अञ्जन धमला, लुम्बिनी प्रदेशमा एलबी क्षेत्री, मधेश प्रदेशमा मानदेव हजारा संयोजक छन् ।

गत चैत १८ गते सम्पन्न खेलकुद पूर्वाधार नीति संवाद– २०७९ मा निकालिएको निचोड अनुरुप सम्भावित संरचानाहरुको पहिचान गर्न, राखेपअन्तर्गत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारको अध्ययन÷निरीक्षण गर्नुका साथै प्रदेश सरकार, स्थानिय सरकार तथा खेलकुदसंग सरोकार पक्षसंग समन्वय गरी २१ दिनभित्र समितिले प्रतिवेदन बझाउनु पर्ने छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले समितिका संयोजकलाई आइतबार पत्र हस्तान्तरण गरे ।

प्रतिकार गर्छौ -परिषद 

यता प्रदेश खेलकूद परिषद गण्डकीले भने राखेपको यो निर्णय षड्यंत्रमुलक र संघीयता विरुद्ध रहेको जनाएको छ । गत जेठ ७ र भाद्र २८ गतेको ११६ र ११७ औं बोर्ड बैठकले गरेको खेल पुर्बाधारहरू प्रदेश अन्तर्गत रहने र कर्मचारी समायोजन गर्ने निर्णय गरेको तर त्यसको विपरीत राखेपले त्यो भन्दा पुरानो निर्णय चैत्र १ लाई  टेकेर फेरि तर्स्याउन खोजेको बताउँदै भनेको छ–“हामी खेलकूदमा संघीयता विरोधी र षड्यन्त्रमुलक निर्णय स्वीकार गर्देनौ हामी प्रतिकार गर्छौं ।”  खेलकुदमा हुने संघीयता विरोधी क्रियाकलापको प्रतिकार गर्न तयार रहेको परिषदले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close