मेयरकप राष्ट्रिय ब्याडमिन्टनमा प्रफुल र प्रिन्स प्रिक्वाटरमा

पोखरा स्पोर्टस । नेपाली सेनाका प्रफुल महर्जन र एपिएफका प्रिन्स दाहाल दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरफाईनल प्रवेश गरेका छन् ।

बुधबार भएको पुरुष एकल प्रतियोगितामा तेश्रो प्रधानमन्त्रीकपका विजेता सेनाका प्रफुलले पुलिसका अभिक श्रेष्ठलाई २१–५, २१–१० ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाएका हुन् । यस्तै प्रिन्सले कैलालीका शिषिर रानालाई २१–९, २१–६ को सोझो सेटमा पराजित गर्दै प्रिक्वाटर प्रवेश गरेका हुन् ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगितामा पुलिसका बिष्णु कटुवाल पनि प्रिक्वाटरमा प्रवेश गर्न सफल भएका छन् । कटुवालले स्याङ्गजाका २१–१२, २१–६ ले पराजित गरेका हुन् ।

यस्तै प्रिक्वाटर प्रवेश गर्ने क्रममा एपिएफका क्षितिज खनालले देवीनगर क्लबका बबिश थापालाई २१–११, २१–६, सेनाका अभय महर्जनले एपिएफका प्रदीप सोतीलाई २१–१८, २१–१९, एपिएफका अमन महर्जनले चितवनका अलिष महर्जनलाई १९–२१, २१–६, २१–१२, एपिएफका देवराज रानाले सेनाका लक्ष्मण रानालाई २१–१७, २१–८, एपिएफकै अरुण अधिकारीले भक्तपुरका सुशन श्रेष्ठलाई २२–२०, २१–१८ ले पराजित गरे । यसैगरि एपिएफका सुजन थापाले दार्चुलाका कवी कुमार धामीबाट वाकओभर प्राप्त गरे ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा सेनाका सुविन श्रेष्ठ (बी) ले पुलिसका हिरा राईलाई २१–१८, २१–२३, २१–१६, एपिएफका रोशन साउदले सेनाका सन्तोष पनेरुलाई २१–१९, २१–१७ ले, एपिएफका भोजबहादुर गुरुङ्गले सेनाका पविन लिनथेपलाई २१–१५, १३–२१ र २१–१४, एपिएफका अनिल मल्लले २–१८, २१–१८ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले सेनाका सुविन श्रेष्ठ (ए) लाई २१–१४, १४–२१, २१–११ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरेका हुन् ।

बालकुमारी रिमिक्सको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु १७ तर्फ सेनाका अभय महरा, पुलिस स्कुल काभ्रेका इशान गिरी, एपिएफका प्रदीप सोती, सेनाका सुप्रिम पन्थ, सुर्खेतका रमेश कामी, सेनाका सुविन श्रेष्ठ, नेपालगंजका राजेश बि.क., सेनाका सुदेश राजकोटी, गुल्मीका जेनिस शेरचन, देविनगरका सक्षम ढकाल, सुर्खेतका हिमाल थापा मगर, सेनाका सुविन श्रेष्ठ (ए), सेनाका सौर्य महर्जन, एपिएफका अरुण अधिकारी, दीपक ब्याडमिन्टन एकेडेमीका दियोन भण्डारी र सेनाका कविर के.सी.पनि आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close