
पोखरा स्पोर्टस । पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटका लागि गण्डकीबाट खेलाडी छनौट सम्पन्न भएको गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
काठमाण्डौमा यहि पौष ५ गतेबाट काठमाण्डौमा सुरु हुने उक्त प्रतियोगिताका लागि ४ अतिरिक्तसहित १८ सदस्यिय टोलीको घोषणा गरिएको हो ।
छनौट हुने खेलाडी कुशम गोदार, अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि जैशी, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृती तिवारी, सेरिना थापा, शिला रेग्मी क्षेत्री, श्रेया शाह, रचना चौधरी र अर्मिन अधिकारी रहेका छन् ।
त्यसै गरी बैकल्पिक खेलाडीमा श्रेया शर्मा, धन कुमारी क्षेत्री, कृषा अखेली र शुसिला भटट्राई रहेका छन् ।
छनौट समितिको संयोजकमा रेशम केसी संयोजक र सह–संयोजकमा चन्द्र गुरुङ ‘जिम्मी’ रहेका थिए ।
छनौट भएका खेलाडीहरु आज नै काठमाण्डौ प्रस्थान गर्ने कार्यक्रम तय भएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जनाएका छन् ।
गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंम्खडाले खेलाडी विदाई गर्ने गरी कार्यक्रम तय भएको अध्यक्ष सिग्देलले जनाए ।
गण्डकीले आफ्नो पहिलो खेल पौष ५ गते लुम्विनी विरुद्ध खेल्नेछ ।
