अन्तर्राष्ट्रिय बक्सिङ नेपाललाई चार काश्य पदक पक्का

पोखरा स्पोर्टस । मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५१ किलो तौलसमुहमा नेपालका प्रबल उप्रेतिले सिंगापुरका डेनी चाओ इजेईजीलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै काश्य पदक हासिल गरेका छन् ।

यहि डिसेम्बर ११ देखि १५ सम्म सञ्चालन हुने प्रतियोगितामा ५४ किलो तौल समुहमा नेपालका सिंहबीर लिम्बुले ईन्डोनेशियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई आरएससीको आधारमा पराजित गर्दैै काश्य पदक पक्का गरेका छन् ।

पुरुष ५७ किलो तौलसमुहमा नेपालका छिरिङ वाङ्दी शेर्पाले पनि ईन्डोनेशियाका प्रतिद्वन्दि फकीह आन्दरा नासुसोनलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै कम्तिमा काश्य पदक पक्का गरे । वाड्दी केहि समय अघि दुबईमा सम्पन्न एएसबीसी जुनियर बक्सिङ प्रतियोगितामा पनि काश्य पदक जित्न सफलर रहेका थिए ।

त्यसै गरी ६० किलो तौल समुहमा नेपालका सुलभ मालीले बाई पाएर काश्य पदक पक्का गरे भने ६३.५ किलो तौलसमुहमा भने नेपालका रीजत गुरुङ ४ः१ को स्पिलिट डिसिजनमा ईन्डोनेशियाका मुक्केबाज मोहम्मद फरिजाद विन मोहम्मद तामिसीसंग पराजय भोग्नु परेको थियो ।

विभिन्न १० राष्ट्रका २० वर्ष उमेर मुनिका १०० जना पुरुष मुक्केबाजहरुको सहभागितामा १३ वटा तौल समुहमा उक्त प्रतियोगिता सञ्चालन भइरहेकोमा हालसम्म नेपालले चार काश्य पक्का गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close