
पोखरा स्पोर्टस । २३ औं सस्करणको आहा ! रारा पोखरा गोल्डकपका लागि मुल आयोजक समिति गठन भए संगै तयारी सुरु भएको छ ।
सहारा क्लव पोखराको आयोजनामा माघको दोश्रो साता पोखरा रंगशालामा सञ्चालन हुने मोफसलकै ऐतिहासिक आहा ! रारा पोखरा गोल्डकपको पूर्व तयारी स्वरुप मुल आयोजक समिति गठन गरिएको हो ।
हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको २३ औं आहा ! पोखरा रारा गोल्डकप सम्पन्न गर्न क्लवका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा ५०२ सद्स्यिय मुल आयोजक कमिटिका साथै १०१ सद्स्य सल्लाहाकार परिषदको चयन गरिएको महासचिव रामजी प्रसाद अधिकारीले जनाएका छन् ।
पूर्व अध्यक्षसहितको कार्यसमिति बैठकले प्रतियोगिताको संयोजकमा क्लवका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ र मुल आयोजक कमिटी सद्स्य सचिबमा महासचिव अधिकारीलाई सर्वसम्मत चयन गरेको छ ।
नेपालमा आयोजना हुने फुटबल प्रतियोगिताहरु मध्ये आहा रारा पोखरा गोल्ड कप निरन्तर आयोजना हुने प्रतियोगिताको रुपमा दर्ज हुँदै इतिहास समेत रचेको छ । क्याराभान कप हुँदै २३ औं सस्करणमा जुटेको आहा रारा गोल्ड कप माघको दोश्रो साता सञ्चालन हुने भए पछि मोफसलका फुटबल प्रेमी संगै खेलाडीहरु समेत उत्साहित बनेका छन् ।
