शिक्षकहरुको लागि खेलकुद तालिम सुरु, ‘दक्ष जनशक्ति उत्पादनका लागि महत्वपूर्ण’–मन्त्री सिंखडा

पोखरा स्पोर्टस । सामुदयिक विद्यालयका शिक्षकहरुका लागि १५ दिने खेलकुद तालिम आइतबारबाट पोखरामा सुरु भएको छ ।शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशको आयोजना तथा संघिय सरकार यूवा तथा खेलकुद मन्त्रालयको सहयोग एवं प्रदेश खेलकुद परिषद गण्डकीको समन्वयमाउक्त तालिम सुरु भएको हो ।

उक्त तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेलकुदमा दक्ष जनशक्ति उत्पदानका लागि तालिम महत्वपूर्ण हुने बताइन् । खेलकुदलाई समाजमा प्रभावकारी बनाउन शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले भनिन–“खेलको महत्वलाई अझै प्रभावकारी बनाउन यसको शिर्जनसिलता र कलात्मक बनाउन आवश्यक छ ।”

शिक्षा र खेलकुदको अन्र्तसम्वन्ध रहेका कारणले पनि यूवाहरुलाई पलायनहुन बाट रोक्न समेत खेलकुद उत्तिकै प्रभावकारी हुने प्रसंङ्ग अघि सार्दै मन्त्री सिंखडाले विद्यालयहरुको संख्या बढेको तर विद्यार्थीहरुको संख्या घट्नु आफैमा चिन्ताको विषय रहेको उल्लेख गरिन् । खेलकुदलाई व्यवसायिक बनाउन सके यूवाहरु संगै समाजले यसको प्रतिफल प्राप्त गर्ने उनको भनाई थियो ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले बालबालिकालाई खेलकुद मैदान सम्म ल्याउन शिक्षकहरुलाई शैद्धान्तिक ज्ञान प्राप्त गर्न तालिमको भूमिका रहने उल्लेख गर्दै भने–“खेलकुदको माध्यमबाट अनुशासित नागरिक उत्पादन तथा शिक्षा र खेलकुदको विकासका लागि संगै यूवा खेलाडी उत्पादनमा समेत यो तालिम महत्वपूर्ण छ ।”

शिक्षा तालिम केन्द्रका प्रमुख नेपाल हरि रानाभाटको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तालिम विभागका प्रशिक्षक रुद्रमणी पौडेल, शाखा अधिकृत दामोदर कार्की लगायतले आफ्ना भनाई राखेका थिए ।

उक्त तालिममा गण्डकी प्रदेशका ११ जिल्लाका ३० जना शिक्षकहरुको सहभागिता रहेको तालिम केन्द्रका प्रमुख रानाभाटले जानकारी दिए । उनको अनुसार शिक्षकहरुलाई राष्ट्रपति रनिङ शिल्ड केन्द्रित खेलहरुका बारेमा शैद्धान्तिक प्रशिक्षण दिइने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close