
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्ट्रेन्थ लिफ्टिङको प्रदर्शनी खेल सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुदमा पहिलो पटक प्रदर्शनी खेलको रुपमा समावेश स्ट्रेन्थ लिफ्टिङ प्रदर्शनी खेलका् यूवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गहतराजले स्ट्रेन्थ लिफ्टिङ खेल दशौं राष्ट्रिय खेलकुदमा जानका लागि बाटो तय भएको उल्लेख गरे ।
उक्त प्रतियोगितामा ७ जिल्लाका महिला तथा पुरुष खेलाडीहरु गरी ५२ जना सहभागि भएको केन्द्रिय महासचिव जिवन गिरीले जानकारी दिए ।
स्ट्रेन्थ लिफ्टिङ खेलले हालै ५–१० सेप्टेम्बर सम्म किरगिस्तानमा सम्पन्न नवौं विश्व च्याम्पियनशिपमा खेलमा नेपालले १ स्वर्ण र २ रजत पदक जितेको संघका केन्द्रिय अध्यक्ष भरत महर्जनले बताए । दशौं विश्व च्याम्पियनशिप भने दुवई आयोजना हुँदैछ ।
नेपालमा यो खेलको निकै सम्भावना रहेको नेपाल स्ट्रेन्थ लिफ्टिङ संघले जनाएको छ । नवौं राष्ट्रिय खेलकुदमा कास्की स्ट्रेन्थ लिफटिङ संघको सहकार्यमा प्रदर्शनी खेल सम्पन्न भएको कास्कीका अध्यक्ष सुनिल बहादुर कोइरालाले बताए ।
