पोखरा आइटिएफ जे ३० टेनिस : रसियाका एलेक्सी र जापानकी आसुकरा च्याम्पियन

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत पुरुष एकलतर्फ एलेक्सी सिबाएभ र महिला एकलतर्फ जापानकी उता आसाकुरा च्याम्पियन भएका छन् ।

पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा एलेक्सीले नेपाली मुलका अमेरिकी खेलाडी आरभ सम्राट हाडालाई ६–३, ६–२ ले पराजित गर्दै च्याम्पियन भए । महिलातर्फ आसाकुराले भारतकी अर्जान खोराकीवालालाई ६–२, ६–३ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भइन् । यि दवै खेलाडी जे–३० को सर्किट वानमा पनि विजयी भएका थिए । जित संगै उनीहरुले आइटीएफको महत्वपूर्ण ३०–३० अंक प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरुलाई एक समारोहका विच नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेल, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार, टुर्नामेण्ट डाइरेक्टर अजय विष्ट, टुर्नामेन्ट रेफ्रि प्रविण कुमार नायक, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्ग, उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष अनुज कुमार बाँस्तोला, सदस्य विष्णुबहादुर थापा, नेपाल टेनिस संघका सदस्य जयजिव हाडा लगायतले मेडल प्रमाणपत्रले पुरस्कृत गरे ।

सो अवसरमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका नविन पोखरेलले सहभागि खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै जित हार खेलको एक पक्ष भएपनि सहभागिता महत्पूर्ण हुने औंल्याए । उनले विभिन्न राष्ट्रबाट आएका खेलाडी, अभिभावक तथा उनीहरुका प्रशिक्षकको सहभागिताले पोखराको पर्यटन चलायमान बनेको जनाए । यस्ता प्रतियोगिताहरुले नेपालको खेल पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने जनाउँदै प्रतियोगिताको निरन्तरताको कामना गरे । साथै प्रतियोगिता निरन्तरताका लागि सरोकारवाला पक्षले आयोजक संघसंग हातेमालो गर्नुपर्नेमा समेत जोड दिए ।

दुई साता लामो सञ्चालन भएको आइटिएफ जे ३० पोखरा टेनिस प्रतियोगितामा ११ देशका १ सय भन्दा वढि खेलाडीहरुको सहभागिता रहेको थियो । कास्की टेनिसले प्रदेश सरकारले सहयोग गरेमा आइटिएफ जे २०० आयोजना गर्ने तयारी गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close