सिनियर ब्याडमिन्टन रेफ्रि अर्यालले गरे भारतमा प्रतियोगिताको उद्घाटन

पोखरा स्पोर्टस । नेपाली सिनियर ब्याडमिन्टन तथा राष्ट्रिय रेफ्रि उदय अर्यालले भारत महारष्ट्रमा आयोजित सव-जुनियर मल्टि डिस्ट्रिक्ट व्याडमिन्टन च्याम्पियनशिप  प्रतियोगिताको उद्घाटन गरेका छन् ।

तिन दिन सम्म सञ्चलन हुने उक्त प्रतियोगितामा महाराष्ट्र राज्यका महिला तथा पुरुष गरि ३५० भन्दा भन्दा वढि खेलाडीहरुको सहभागिता रहेको छ । भारतको आर्थिक विकासको महत्वपूर्ण राज्य मध्येको एक महाराष्ट्रमा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाली ब्याडमिन्टन अफिसियललाई प्रमुख अतिथीको रुपमा निमन्त्रणा गरेकोमा आफूलाई निकै गर्व लागेको अर्यालले पोखरा स्पोर्टसलाई बताए ।

नेपाल व्याडमिन्टन २१ का निर्देशक समेत रहेका अर्यालले भने–“यो एउटा अवसर थियो । यसका लागि उहाँहरुले मलाई निमन्त्रण दिनुभयो । यहाँ आएर मैले राज्यकै एक वृहत सहभागिता रहेको व्याडमिन्टन प्रतियोगितालाई उद्घाटन गर्ने मौका पाँए ।”

पछिल्लो क्रममा नेपालको व्याडमिन्टन खेलको विकासका लागि योजनावद्ध रुपमा अघि बढेका अर्यालले व्याडमिन्टन २१ गुजरात र प्रधान स्पोर्टस म्यानेजमेन्टको निमन्त्रणामा त्यहाँ पुगेको उनले बताए । “म यति बेला भारतका विभिन्न ठाउँमा छरिएर रहेका ब्याडमिन्टन २१ संग सम्वन्धित प्रशिक्षण केन्द्र र एकेडेमीहरुको अध्ययन गर्नेछु”,उनले भने –”साथै यहाँ भएका एकेडेमीहरुलाई समेत नेपालमा भित्राएर नेपालमा ब्याडन्टिन खेलको गुणस्तर संगै विकास गर्ने योजनामा छु ।”

नेपाली सिनियर ब्याडमिन्टन तथा राष्ट्रिय रेफ्रि अर्याल बिहिबार भारत प्रस्थान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close