पोखरा आइटीएफ जे ३० दोश्रो सर्किटमा दोश्रो चरणका खेल सम्पन्न

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत सिंगल्सतर्फ प्रि.क्वाटरफाइनल तथा डबल्सतर्फ क्वाटरफाइनल सम्पन्न भएका छन् ।

बिहीबार ब्वाइज सिंगल्सतर्फ भएका खेलहरुमा जापानका रीकु हिगासीले नेपालका निहाल जंगबहादुर थापालाई ६–२, ७–५ ले, नेपालका राजविर प्रधानले भारतका इसान्त पतरालाई ६–१, ६–२ ले, भारतका जेसन डेभिडले नेपालका सक्षम विक्रम शाहलाई ६–२, ६–२ ले, अमेरिकाका आरभ सम्राट हाडाले जापानका रुया सासामोतालाई ७–५, ६–३ ले, भारतका प्रविण मुकेश छावडाले भारतका अनिकेत भेंकटरामनलाई ६–४, ६–४ ले, एलेक्से सिवइवले जापानका इप्पी मात्चुसिमालाई ७–६, ६–२ ले, भारतका दक्ष कुक्रेटीले भारतकै सन्चित सुधिर रावलाई ६–१, ७–६ ले, भारतका आहिल आयाजले नेपालका आर्यन गिरीलाई ६–३, ६–१ ले, पराजित गरे ।

ब्वाइज डबल्सतर्फ भारतका अधिराज ठाकुर र ओजाज मेलावटको जोडीले जापानका को फुजिकावा र एलेक्सी सिवाइवलाई, भारतका जेसन डेभिड र अनिकेत भेन्कटरामनको जोडीले नेपालका आयुष्मान हजुर घले र भारतका एस पञ्चासरीलाई, जापानका रिकु हिगासी र अमेरिकाका आरभ सम्राट हाडाले जापानका इप्पी मात्चुसिमा र नेपालका सक्षम विक्रम शाहलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।

गर्ल्स सिंगल्सतर्फ भारतका यासिका सोकिनले भारतकै दिया चौधरीलाई, भारतकै अन्वि पुनागाण्टीले भारतका दिसा बेहरालाई, भारतका इशि महेश्वरीले भारतका प्रेसा सान्थामोरथीलाई, भारतकी अर्जान खोराकीवालाले भारतकै मनिका खन्नालाई, जापानकी उता असाकुराले थाइल्याण्डको पिच छायापक श्रीमुकलाई तथा भारतका मण्डगल्ला प्रिन्सीले भारतकै रिदी सिण्डेलाई पराजित गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close